१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar विद्युत महसुलमा लगाइएको भ्याट फिर्ता लिन महासंघको आग्रह News Polar पूर्वप्रधानन्यायाधीश राणाको पक्राउलाई लिएर संसदमा एमालेको आक्रोशः ‘सरकारले राज्य आतङ्क मच्चायो’ News Polar बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता News Polar बिपी राजमार्ग खुलाउने प्रयास जारी News Polar दुलालको प्रश्न– ‘के खाएपछि मध्यरातमा जोश आउँछ र असंवैधानिक काम हुन्छ?’ News Polar एमाले उपनेता अर्यालको मागः ‘विपद्को दीर्घकालीन व्यवस्थापनका लागि राष्ट्रिय गुरुयोजना बनाऊ’ News Polar सरकारको कामकारबाही ‘लुकिछिपी’ शैलीको भयोः सांसद राई News Polar मेलबर्नमा नेवा: गुठीको आयोजनामा इन्द्र जात्रा–येँया पुन्ही सम्पन्न News Polar पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले मागे थप सुरक्षा News Polar थुनिएको मस्र्याङ्दी नदीमा पानी बग्न थाल्यो News Polar सुनचाँदीको मूल्य ओरालो News Polar अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान News Polar चाडपर्वमा यात्रु नठगिउन्, सडक सुरक्षा र पूर्वाधार सुधारमा गम्भीर बनौँः सांसदहरू News Polar प्रदेश सरकार बोझिलो र खर्चिलो भएको धारणा तथ्यगत होइन : मुख्यमन्त्री थापा मगर News Polar मनसुनजन्य विपदबाट देशका विभिन्न राजमार्ग अवरुद्ध News Polar यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ News Polar रोनन सुब्बा र समीक्षा अधिकारीको ‘कहिले होला’ सार्वजनिक News Polar नारायणी पुलमा अड्किएको क्रुज निकाल्ने प्रयास जारी News Polar चाडपर्वमा भाडा नबढाउने प्रतिवद्धतासहित व्यवसायीले भनेः सरकारले पेट्रोलियम पदार्थको मूल्य नबढाओस् News Polar चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने

सरकार बिकास आयोजनाहरु प्रति पूर्वाग्रही भयो: पूर्वअर्थमन्त्री पौडेल

सरकार बिकास आयोजनाहरु प्रति पूर्वाग्रही भयो: पूर्वअर्थमन्त्री पौडेल
अ अ+ अ-

बुटवल । नेकपा एमालेका उपमहासचिब तथा पूर्वअर्थमन्त्री बिष्णु पौडलले बर्तमान सरकारको नीजि क्षेत्रको मनोबल उच्च बनाउन नसकेको बताउनु भएको छ । रुपन्देही उद्योग संघको ४३ औ बार्षिक साधारण सभा  तथा २२ औ अधिबेसनका अबसरमा बुटवलमा आयोजित कार्यक्रममा पौडेलले केपी ओली नेतृत्वको  सरकारमा आफु अर्थमन्त्री हुदा पेश गरेको बजेटलाई राज्यका सबै निकायले स्वागत गरेको स्मरण गर्दे सरकार परिवर्तन पनि राजनीतिक पूर्बाग्रह  बिकास निर्माणमा देखिन थालेको बताउनु भयो ।

निजी क्षेत्रलाई रोजगारमूलक र समृद्ध बनाउनतर्फ सरकार लागोस्अ भन्ने सुझाब दिदै उहाले भन्नुभयो 'अघिल्लो सरकारले साना उद्योगलाई कर छुटको व्यवस्था, पहुँच मार्ग निर्माणका लागि ७५ प्रतिशत सहुलियत दिने, होटेललाई उद्योगसरहको मान्यता राखेर प्रोत्साहन कार्यक्रम ल्याएको थियो ,तर अहिले सबैमा सरकार मौन बसेको छ। कार्यान्वयन गर्दिन पनि भन्दैन गर्छु पनि भन्दैन।’ पूर्वअर्थमन्त्री पौडेलले बुटवलमा निर्माणाधीन मोतिपुर औद्योगिक क्षेत्रको अतिक्रमण रोक्न सरकारसमक्ष माग समेत गर्नुभयो ।

देशमा रोजगारी सृजना गर्दै समृद्ध प्रदेश बनाउने अभियानमा केही व्यक्ति स्वार्थमा लाग्दा औद्योगिक क्षेत्रको काम प्रभावित भएको उहाँको बुझाई रहेको छ ।  नेता पौडेलले भैरहवा विमानस्थलको काममा विलम्ब नगर्न  आग्रह गर्दै  एसियाली बैकसँग ऋण सम्झौता नगर्दा टर्मिनल भवनको बाँकी काम रोकिएको बताउनु भयो ।

उहाँले वुटबल पाल्पा खडक खण्डको सिद्धबाबामा सुरुङ मार्गको काम पनि तुरुन्त अघि बढाउन सरकार संग माग गर्नुभयो । उहाँले बिकास आयोजनामा बिनियोजन भएको बजेट परिचालनमा खबरदारी गर्न सरोकारवाला ,नागरिक समाज र सञ्चारकर्मीहरु समेत आग्रह गर्नुभयो ।