१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar विद्युत महसुलमा लगाइएको भ्याट फिर्ता लिन महासंघको आग्रह News Polar पूर्वप्रधानन्यायाधीश राणाको पक्राउलाई लिएर संसदमा एमालेको आक्रोशः ‘सरकारले राज्य आतङ्क मच्चायो’ News Polar बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता News Polar बिपी राजमार्ग खुलाउने प्रयास जारी News Polar दुलालको प्रश्न– ‘के खाएपछि मध्यरातमा जोश आउँछ र असंवैधानिक काम हुन्छ?’ News Polar एमाले उपनेता अर्यालको मागः ‘विपद्को दीर्घकालीन व्यवस्थापनका लागि राष्ट्रिय गुरुयोजना बनाऊ’ News Polar सरकारको कामकारबाही ‘लुकिछिपी’ शैलीको भयोः सांसद राई News Polar मेलबर्नमा नेवा: गुठीको आयोजनामा इन्द्र जात्रा–येँया पुन्ही सम्पन्न News Polar पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले मागे थप सुरक्षा News Polar थुनिएको मस्र्याङ्दी नदीमा पानी बग्न थाल्यो News Polar सुनचाँदीको मूल्य ओरालो News Polar अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान News Polar चाडपर्वमा यात्रु नठगिउन्, सडक सुरक्षा र पूर्वाधार सुधारमा गम्भीर बनौँः सांसदहरू News Polar प्रदेश सरकार बोझिलो र खर्चिलो भएको धारणा तथ्यगत होइन : मुख्यमन्त्री थापा मगर News Polar मनसुनजन्य विपदबाट देशका विभिन्न राजमार्ग अवरुद्ध News Polar यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ News Polar रोनन सुब्बा र समीक्षा अधिकारीको ‘कहिले होला’ सार्वजनिक News Polar नारायणी पुलमा अड्किएको क्रुज निकाल्ने प्रयास जारी News Polar चाडपर्वमा भाडा नबढाउने प्रतिवद्धतासहित व्यवसायीले भनेः सरकारले पेट्रोलियम पदार्थको मूल्य नबढाओस् News Polar चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने

खसी, बोकाको मूल्य प्रतिकेजी ६४० तोकियो

खसी, बोकाको मूल्य प्रतिकेजी ६४० तोकियो
अ अ+ अ-

 काठमाडौं । दशैं, तिहारजस्ता चाडपर्वका लागि सुपथ मूल्य पसल संचालन गर्दै आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्षको दशैंका लागि खसी र बोकाको मूल्य प्रतिकेजी ६ सय ४० रुपैयाँ तोकेको छ । 

कम्पनीले काठमाडौंको थापाथलीस्थित आफ्नै कार्यालय परिसरमा प्रतिकेजी ६ सय ५० रुपैयाँ मूल्यमा विक्री गर्ने तय गरेको खशी, बोकाको मूल्य दशैंका लागि प्रतिकेजी १० रुपैयाँ छुट दिएर ६ सय ४० रुपैयाँमा विक्री वितरण गरेको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्दले खसी, बोका सस्तोमा पाइने उल्लेख गर्दै खरिद गर्न पनि ग्राहकहरुलाई आग्रह गर्नु भयो । उहाँले खशी, बोकाको अभाव हुन नदिने प्रतिवद्धता समेत जनाउनु भयो ।

कम्पनीले हाल २ हजार खशी, बोका विक्रीका लागि ल्याएको छ । तर ग्राहकहरुको चाप बढेकाले आवश्यक्ता अनुसार फेरी पनि खशी, बोका थप गरेर विक्री वितरण गर्ने व्यवस्था मिलाइएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बागमती प्रदेश कार्यालयकी प्रादेशिक प्रमुख ज्ञानु थापाले जानकारी दिनु भयो । उहाँले दैनिक ५ सय वटा खशी, बोका विक्री वितरण हुने अनुमान गरिएको समेत बताउनु भयो ।

यता ग्राहकहरुले पनि बजारमा भन्दा सस्तोमा खसी, बोका उपलब्ध भएको भन्दै खुसी व्यक्त गरेका छन । उनीहरुले खसी, बोका स्वस्थ रहेको र विक्री वितरणको व्यवस्था पनि गत वर्षको भन्दा सहज भएको प्रतिक्रिया दिएका छन ।

कम्पनीले विहान ७ बजेबाट अपरान्ह ५ बजेसम्म खशी, बोका विक्री वितरणको व्यवस्था मिलाएको छ । कम्पनीले यस वर्ष कोरोनाका कारण चीनबाट च्याङ्ग्रा भने भित्र्याउन नसकिएको स्पष्ट पारेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत चन्दले ग्राहकहरुले उत्साही ढंगले खसी, बोका खरिद गरिरहेको बताउनु भयो । 

उहाँले बजारमा भन्दा सस्तोमा पाइने हुनाले ग्राहकहरु कम्पनीमा खरिद विक्रीका लागि उत्साहका साथ आउने तर्क समेत गर्नु भयो । कम्पनीले यस वर्ष दाङ र मकवानपुरबाट खरिद गरेर खसी, बोका ल्याइएको पनि जानकारी गराएको छ ।