९ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपा प्रदेश-२ का मुख्यसचिव झाद्वारा राजीनामा



अ+ अ-

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) का प्रदेश २ का मुख्य सचिव शम्भु झाले  मुख्य सचिवसहित पार्टीको सम्पूर्ण जिम्मेबारीबाट राजीनामा दिएका छन् ।

‘झाले पार्टीमा काम गर्ने आफ्नो योग्यता र क्षमता नभएकोले आफूले जसपाको प्रदेश मुख्यसचिव लगायत पार्टीको सम्पुर्ण जिम्मेवारी वाट राजीनामा दिएको उल्लेख गरेका छन् । 

जनता समाजवादी पार्टीको मुख्यसचिव भएर विगत ५ वर्ष २ महिनासम्म काम गरेको बताउँदै झा आफ्नो योग्यता र क्षमता भन्दा ठूलो पद आफूले पाएको बताएका छन् । 

झाले आफू बाँचुजेल अन्य कुनै पनि राजनीतिक पार्टीमा नजाने समेत प्रस्ट पारेका छन् ।