६ पुष २०८२, आईतवार
,
Latest
तेह्रथुमबाट गगन थापा एकल सिफारिस, प्रदेशले थप्यो सीता गुरुङको नाम पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट नेप्से परिसूचकमा १९ अङ्कको गिरावट रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

नर्भिकमा अक्टोबर महिनाभरि म्यामोग्राम गराउँदा भारि छुट हुने



अ+ अ-

काठमाडौँ । स्तन क्यान्सर पत्ता लगाउने परीक्षण विधि म्यामोग्राम गराउनेहरुका लागि नर्भिक इन्टरनेशनल हस्पिटलले अक्टोबर महिनाभरि भारि छुट दिने भएको छ । 

ब्रेस्ट क्यान्सर(स्तन क्यान्सर) अवेयरनेस महिनाको रुपमा अक्टोबरलाई मनाउने गरिन्छ । यही अवसरमा नर्भिक अस्पतालले स्तन क्यान्सर भए नभएको पत्ता लगाउने आधुनिक परीक्षण विधि म्यामोग्राम गराउँदा लाग्ने शुल्कमा २० प्रतिशतको छुट दिने भएको हो ।
 
अक्टोबर महिनाभरि म्यामोग्राम गराउँदा नर्भिकमा २० प्रतिशत छुट पाइनेछ । अस्पतालको प्यासेन्ट सर्भिस डिपार्टमेन्टका प्रमुख अंकित अग्रवालले भने, " हामीले विशेष छुटको स्किम ल्याएर स्तन क्यान्सर सचेतना महिनालाई विशेष बनाउन खोजेका हौं ।'

नर्भिकले यस्ता विशेष अवसर, चाडपर्व लगायतमा समेत छुटको विशेष प्याकेज घोषणा गर्दै आइरहेको छ । नर्भिकले प्रत्येक शनिवार संचालन गर्ने निःशुल्क ओपिडी अभियानप्रति पछिल्लो समय सर्वसाधारणको आकर्षण बढ्दो छ ।