२५ जेष्ठ २०८३, सोमबार
,
Latest
इप्पानको साधारणसभा जेष्ठ २९ मा, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष व्यवस्था हटाउने प्रस्ताव राख्ने लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ प्रदेशहरूलाई पूर्ण स्वायत्तता घोषणा गर्न माग गर्दै माईतीघरमा जनमत पार्टीको प्रदर्शन प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि इजलासमा फर्किइन् सपना प्रधान मल्ल ट्राफिक जामका कारण संसद् बैठकमा ९ मिनेट ढिलो पुगेकाे भन्दै सांसद पुनले मागे माफी रास्वपा सभापति लामिछानेलाई लिङदेनको सुझावः वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यान्चेस्टर सिटीको प्रभावशाली खेल, बर्नली २ गोलले पराजित



अ+ अ-

इङलिस प्रिमियर लिगको डिफेन्डिङ च्याम्पियन म्यान्चेस्टर सिटीले बर्नलीलाई शनिबार साँझ भएको खेलमा सहजै पराजित गरेको छ ।

सिटीको गृह मैदानमा भएको यस खेलमा सिटीका लागि बर्नार्डो सिल्भाले १२ औं मिनेटमा गोल गरी बर्नलीमाथि दबाब सिर्जना गरेका थिए । यसपछि पहिलो हाफमा कुनै गोल हुन सकेन ।

दोस्रो हाफमा पनि सिटीको लगातारको आक्रमणलाई रोक्न सफल रहेको बर्नलीले ७० औं मिनेटमा दोस्रो गोल खायो । सिटीका लागि केभिन डी ब्रुएनले गोल गरेर सिटीको गोल संख्या दोब्बर बनाए । त्यसपछि खेलमा थप गोल भएन ।

यो जितसँगै सिटीले आठ खेलबाट १७ अंक सहित दोस्रो स्थानमा उक्लेको छ । पहिलो स्थानमा भने १८ अंक सहित लिभरपुल रहेको छ भने तेस्रो स्थानमा चेल्सी छ । एक खेल कम खेलेको चेल्सीको १६ अंक छ । शनिबार रातिको खेलमा ब्रेनफोर्डलाई पराजित गरे चेल्सी पुनः लिगको शीर्ष स्थानमा उक्लनेछ ।

अन्य नतिजा

नर्बिच – ब्राइटन ( 0 – 0 )
साउथह्याम्पटन लिड्स युनाइटेड ( १ – ० )
उल्भ्स एस्टनभिल्ला ( ३ – २ )

 




भर्खरै