३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

केरला बाढी : बाटो जलमग्न भएपछि विवाह गर्न खड्‌कुँलोमा यात्रा गर्ने भारतीय जोडी

केरला बाढी : बाटो जलमग्न भएपछि विवाह गर्न खड्‌कुँलोमा यात्रा गर्ने भारतीय जोडी
अ+ अ-

भारतमा वर र वधू खड्‌कुँलोमा बसेर जलमग्न सडकबाट विवाह गर्न गएको तस्बिर भाइरल भएको छ। यो तस्बिर ठूलो वर्षाका कारण नराम्ररी प्रभावित भएको केरला राज्यको थालावाद्यमा सोमवार खिचिएको हो।

वर्षा र बाढीले दुःख दिएको भए पनि आकाश र ऐश्वर्या तोकिएकै मितिमा विवाह गर्न कटिबद्ध थिए। उनीहरू दुवै जना स्वास्थ्यकर्मी हुन्। खड्‌कुँलोलाई डुङ्गा बनाएर उनीहरू विवाह गर्न मन्दिरसम्म पुगेका थिए।

केरला राज्य अहिले बाढी र पहिरोले आक्रान्त बनेको छ। त्यहाँ धनजनको ठूलो क्षति पुगेको छ। वर्षाका कारण नदीहरूमा पानीको तह बढेको छ। धेरै ठाउँमा पानीले पुल र सडक बगाएको छ भने कतिपय गाउँहरू पूर्ण रूपमा यातायात सञ्जालबाट विच्छेद भएका छन्।

"हामीले कहिल्यै नसोचेको विवाह भयो," ऐश्वर्याले स्थानीय टिभी एशियानेटलाई बताइन्। नवविवाहित दम्पतीले आफ्नो विवाह दुई परिवारको सानो समारोह भए पनि अनलाइनमा तस्बिरहरू शेअर भएपछि आफ्नो विशेष दिनमा धेरै मानिस सहभागी भएको अनुभूति भएको बताएका छन्।

आकाशले आफ्नो विवाहको मिति अलि पहिले निश्चित गरिएको र थप बिदा लिन असहज हुने भएकोले सार्न नचाहेको समाचारसंस्था पीटीआईलाई बताएका छन्।

उनले हतारमा खड्‌कुँलो मात्रै उपलब्ध भएको बताए। आकाश र ऐश्वर्याको विवाह हुने मन्दिर पनि केही डुबेको थियो। उनीहरूलाई नातेदारले नजिकैको अर्को मन्दिरबाट सापट लिएको खड्‌कुँलोमा राखेर विवाहस्थलसम्म तानेर पुर्‍याएका थिए। (बीबीसी)