५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा थप १४ हजार ६२३ जना सङ्क्रमित



अ+ अ-

नयाँदिल्ली । पछिल्लो एक दिनमा भारतमा १४ हजार ६२३ जना थप कोरोना भाइरसका सङ्क्रमित थपिएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जानकारी दिएको छ ।  यसैसँगै भारतमा कोरोना सङ्क्रमतिको कूल संख्या तीन करोड ४१ लाख ८ हजार ९९६ जना पुगेको छ । 

मङ्गलबार भारतमा कोरोनाका थप सङ्क्रमितको संख्या १४ हजार ६२३ जनामा भएकोमा सात हजार ५४३ जना केरला राज्यका रहेका थिए । केरलामा मङ्गलबार कोरोना सङ्क्रमणको कारण ७७ जनाको मृत्यु भएको थियो । 

भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या भने एक लाख ७८ हजार ९८ जना रहेका अधिकारीले जनाएका छन् । यो सङ्ख्या २२९ दिन यताको सबभन्दा कम भएको पनि जनाइएको छ । हाल सक्रिय सङ्क्रमित सङ्ख्या कूल सङ्क्रमितको ०.५२ प्रतिशत मात्र रहेको बुधबार प्राप्त समाचारमा जनाइएको छ । 

मङ्गलबार १९ हजार ४४६ जना कोरोना मुक्त भएका छन् । यसैसँगै कोरोनाभाइरसको महामारी शुरु भएयता हाल सङ्क्रमणमुक्त भएका कूल संख्या तीन करोड ३४ लाख ७८ हजार २४७ रहेका सो मन्त्रालयले बुधबार जनाएको छ  । कोरोनाभाइरसको महामारी शुरु भएयता हाल सङ्क्रमणमुक्त दर ९८ः१५ प्रतिशत भएको मन्त्रालयले बुधबार जनाइएको छ ।

स्वास्थ्य मन्त्रालयकाअनुसार भारतमा ५९ करोड ४४ लाख २९ हजार भन्दा बढी  व्यक्तिको कोरोनाभाइरसको परिक्षण भएको छ । भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म ९९ करोड १२ लाख ८२ हजार २८३ डोज खोप लगाइएको पनि सो मन्त्रालय जनाएको छ । (रासस-एएनआई)