५ पुष २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा कोरोनाभाइरसबाट थप छ हजार सङ्क्रमित



अ+ अ-

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट थप छ हजार सङ्क्रमित भएका छन् ।पछिल्लो केही समयदेखि दैनिक सङ्क्रमितहरुको सङ्ख्या निरन्तर ओरालो लागिरहेकाले शुक्रबारको विवरण पनि अघिल्लो दिनको तुलनामा कम देखिएको छ ।
 
सरकारी अधिकारीहरुका अनुसार पछिल्लो २४ घण्टामा भारतमा छ हजार ३९६ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । सोही अवधिमा १३ हजार ४५० जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । संघीय स्वास्थ्य मन्त्रालयले भारतमा अहिले ६९ हजार ८९७ जना कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेको जनाएको छ ।

पछिल्लो एक दिनमा कोरोनाका कारण २०१ जनाको मृत्यु भएको छ भने अहिलेसम्म मृत्यु भएकाहरुको सङ्ख्या पाँच लाख १४ हजार ५८९ पुगेको छ । (रासस/एएनआई)