६ श्रावण २०८३, बुधबार
,
Latest
अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु सवारी दुर्घटनामा पाँच जनाको मृत्यु पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च काठमाडौं महानगरपालिकाको प्रशासनिक भवन निर्माणको भौतिक प्रगति ३५ प्रतिशत सुदूरपश्चिम प्रदेशः अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर दिल्लीको जंतर–मंतरमा ‘ककरोच जनता पार्टी’को प्रदर्शन ३३औँ दिनमा, हजारौँ प्रदर्शनकारी सहभागी श्रमिकका उजुरी एक घण्टाभित्र सम्बोधन गर्न श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको निर्देशन टेकुमा निर्माणाधिन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी विभिन्न कार्यक्रम गरी ४४३औँ बिपी स्मृति दिवस मनाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘नेपालमा प्रयोग भएका सबै खोप गर्भवतीले लगाउन मिल्छ’



सांकेतिक तस्बिर
अ+ अ-

काठमाडौं । अहिलेसम्म नेपालमा उपलब्ध कोरोना भाईरसविरुद्धको खोप १८ वर्षमाथिका नागरिकले लगाउन मिल्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । तर, कतिपय नखोपले नकारात्मक असर गर्छ भन्ने गलत मानसिकताका कारण खोप लगाउन नगएको देखिएको छ । यसमध्ये कतिपय गर्भवती महिला समेत खोपले गर्भमा रहेको शिशुलाई असर गर्छ भन्ने गलत मनसायका साथ खोप लगाउन नगएको देखिएको छ ।

यता स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रखुख डा.सागर दाहालले नेपालमा उपलब्ध भएका सबै कम्पनीका खोपहरु गर्भवती महिलाले पनि लगाउन मिल्ने बताउनुभएको छ । गर्भवती महिला कोरोनाविरुद्धको खोप लगाउन डराएको केही सूचनाहरु आएकाले ढुक्क भएर खोप लगाउन उहाँको आग्रह छ ।

“बिभिन्न जिल्लाहरुबाट गर्भवती महिलाले खोप लगाउन डराएको बुझिएको छ, हामीकहाँ उपलब्ध सबै प्रकारका खोप गर्भवती महिलाले पनि लगाउन मिल्ने अन्तराष्ट्रिय स्तरबाटै प्रमाणित भएको छ यसकारण सबै गर्भवती महिलालाई ढुक्क भएर खोप लगाउन मेरो आग्रह छ” उहाँले भन्नुभयो ।

मन्त्रालयले सबै जिल्लाहरुबाट कति गर्भवती महिलाले कोरोना विरुद्धको खोप लगाए भन्ने तथ्याङ्क संकलन गर्ने कार्य गरिरहेकाले अहिले नै खोप नलगाएका गर्भवतीको संख्या यति छन् भन्न नसकिने डा।दाहालले बताउनुभयो । “हामीले विभिन्न सर्भेबाट कुन जिल्लामा कति गर्भवती महिलाले कोभिड विरुद्धको खोप लगाएका छन् र कतीले लगाएनन भन्ने तथ्यांक निकाल्दै छौँ, तथ्यांक आएपछि मात्र कतिले लगाएनन भन्न सकिन्छ”उहाँले भन्नुभयो ।, यो समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।