८ भाद्र २०८३, सोमबार
,
Latest
जनकपुरमा सार्वजनिक जमिन अतिक्रमण हटाउँदा समान व्यवहार गर्न सांसद झाको माग पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान परराष्ट्रमन्त्री खनाल सर्बिया जाने सामुदायिक नर्सिङ र ओसीएमसी सेवाको प्रभावकारिता बढाउने विषयमा छलफल सांसद गच्छदारको प्रश्न: गरिमा चौधरीको जीवन सालिक बनाएर फर्किन्छ ? गृह मन्त्रालयमा गरिमा चौधरीका अभिभावकको भिडियो खिचिएकोप्रति रास्वपाको आपत्ति रास्वपा सांसदद्वारा मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि एकीकृत कार्ययोजना ल्याउन माग स्याङ्जामा अवैध उत्खननमा प्रयोग भएका दुई ट्याक्टरलाई जरिवाना भारतीय कुखुरा र चल्लाको अवैध तस्करी नियन्त्रण गर्न तथा पोल्ट्री किसानको लगानी संरक्षणको माग गर्दै…
तपाईं के खोज्दै हुनुहुन्छ ?

पृथ्वीको दुवै ध्रुवमा चर्को गर्मी, अन्टार्कटिकामा ७० डिग्रीले बढ्यो तापक्रम



अ+ अ-

एजेन्सी

वासिङ्टन । हिउँको सेतो तन्नाले ढाकेका पृथ्वीका दुवै ध्रुवहरू आजकाल चर्को गर्मीसँग लडिरहेका छन् । अन्टार्कटिकाको तापक्रम सामान्यबाट बढेर ७० डिग्री सेल्सियस पुगेको छ । योसँगै आर्कटिकको तापक्रम पनि ५० डिग्री सेल्सियसले बढेको छ ।

अहिले अन्टार्कटिकामा ४० डिग्री सेल्सियस र आर्कटिकमा ३० डिग्री सेल्सियस तापक्रम पुगेको छ, जुन सामान्यभन्दा धेरै तातो छ।

विज्ञहरूका अनुसार दुवै ध्रुवमा बढ्दो गर्मीका कारण त्यहाँ जमेको हिउँ पग्लने दरले गति लिन सक्छ, जसका कारण समुन्द्रको सतह बढ्न सक्छ । यसले विश्वका तल्लो क्षेत्रहरू डुब्ने दरलाई तीव्र बनाउनेछ।

अन्टार्कटिकाका मौसम स्टेशनहरूले शुक्रबार रेकर्ड तापक्रम रेकर्ड गरेको छ। कन्कोर्डिया स्टेशनको तापक्रम औसतभन्दा ७० डिग्री सेल्सियस थियो। यससँगै यहाँ गर्मीका सबै कीर्तिमान तोडिएका छन् ।

यसअघि यो रेकर्ड औसतभन्दा २७ डिग्री सेल्सियस बढी थियो। दुवै ध्रुव मौसम पर्यवेक्षक म्याक्सिमिलियानो हेरेराको ट्वीटअनुसार तटीय टेरा नोभा क्षेत्रमा तापक्रम हाल ७ डिग्री सेल्सियस छ, जसले हिउँ जमाउन सक्दैन।

यो आँकडा देखेर अमेरिकाको नेशनल स्नो एण्ड आइस डाटा सेन्टरका अधिकारी पनि छक्क परेका छन् । यसको कारण के हो भने अहिलेसम्म तिनीहरू आर्कटिकमा केन्द्रित थिए, जहाँ तापक्रम औसतभन्दा ५० डिग्री सेल्सियस पुगेको छ।

अवस्था यस्तो छ कि उत्तरी ध्रुव नजिकको हिउँ पग्लने अवस्थामा पुगेको छ । वैज्ञानिकहरुले मार्चको मध्यमा यति धेरै गर्मी हुनु असाधारण भएको बताएका छन् ।
 
वैज्ञानिकहरुका अनुसार उत्तर र दक्षिण ध्रुवमा फरक फरक मौसम हुन्छ । हामीले अहिलेसम्म उत्तर र दक्षिणी ध्रुवहरू एकै समयमा पग्लिन पाएका छैनौँ।

यो पक्कै पनि असाधारण घटना हो जुन निकै स्तब्ध भएको वैज्ञानिकहरुले बताए । कोलोराडो विश्वविद्यालयका बरफ वैज्ञानिक टेड स्काम्बोसले अन्टार्कटिकामा यो पहिले कहिल्यै नदेखेको बताए।

अमेरिकाको विस्कन्सिन युनिभर्सिटीका मौसमविद् म्याथ्यू लाजाराले यस्तो देख्दा पक्कै पनि राम्रो सङ्केत नभएको बताए ।

यो गर्मी जलवायु परिवर्तनका कारण हो वा अन्य कारणले हो भन्ने अझै स्पष्ट भइसकेको छैन । यसअघि नेशनल स्नो एण्ड आइस डाटा सेन्टरले अन्टार्कटिका पृथ्वीको अन्य भागको तुलनामा तीव्र गतिमा तातिरहेको चेतावनी दिएको थियो।

अन्टार्कटिकामा बरफको रूपमा यति धेरै पानी भण्डार गरिएको छ, जुन पग्लिएमा विश्वभर समुद्रको सतह २०० फिटसम्म बढ्न सक्छ।

नेचर जर्नलका अनुसार सन् १८८० यता समुद्री सतहमा औसत ९ इन्चको वृद्धि भएको छ । यस पानीको एक तिहाइ ग्रीनल्याण्ड र अन्टार्कटिकाको बरफ पग्लनेबाट आउँछ।