२८ भाद्र २०८३, आईतवार
,
Latest
मुख्यमन्त्री थापाद्वारा चेस ओलम्पियाड खेलाडीलाई बिदाइ सिंहदरबारबाट कक्षाकोठासम्मः समयसापेक्ष शिक्षा नीति आवश्यक नेसनल प्याब्सन कास्कीमा ३० भन्दा बढी कम्प्युटर शिक्षकको सहभागितामा अन्तरक्रिया सम्पन्न भोटेकोशी बाढी प्रभावितलाई मासिक १५ हजारसम्म आवास खर्च उपलब्ध गराउने सरकारको निर्णय समस्याग्रस्त बाघ व्यवस्थापन गर्न चितवनमा टाइगर सेन्चुरी निर्माण हुँदै तीजको दर खर्च कटाएर काभ्रेमा महिलाद्वारा बाढीपीडितलाई एक लाख ६ हजार सहयोग ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै बाह्य सहयोगमा मात्रै निर्भर भएर रसुवा बाढीको पुनर्निर्माण गर्न हुँदैन : अरुणकुमार सुवेदी ‘पुरानो पूर्वसूचना प्रणालीले हिमनदी सिर्जित ठूला विपद् सामना गर्न सक्दैन’ वर्षाको पानी जमिनमै पुनर्भरण गर्न ‘रिचार्ज काठमाडौँ’ अभियान चलाउँदै महानगर
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदभित्रको गतिरोध चाँडो अन्त्य हुनुपर्छः वरिष्ठ नेता पौडेल



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसदभित्रको गतिरोध चाँडो अन्त्य हुनुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियनको आठौँ राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा उहाँले जनताको समस्याबारे बहस र छलफल गर्ने थलो संसद्भित्रको गतिरोध चाँडो अन्त्य हुनुपर्ने बताउनुभयो ।

“संसद् नचल्ने, जनताको समस्या छलफल नहुने हुनु हुँदैन, संसद् चल्नु पर्छ”, उहाँले भन्नुभयो । पूर्वसभामुखसमेत रहनुभएका पौडेलले लामो समयसम्म संसद् अवरोध गर्दा जनताका धेरै समस्या अड्किएर बसेको बताउनुभयो । निजामती कर्मचारी ऐन दुई वर्षदेखि संसद्मा अड्किएर बस्नु दुःखद् भएको उहाँको भनाइ थियो ।

वरिष्ठ नेता पौडेलले सङ्घीय तहका कर्मचारी प्रदेश वा स्थानीय तहमा र प्रदेश वा स्थानीय तहका कर्मचारी सङ्घीय आवश्यक परेमा सरुवा आउन जान पाउने गरी ऐन आउनुपर्ने उल्लेख गर्नुभयो । उहाँले पेशागत हक र अधिकारको सुनिश्चित गर्दै जनताको सेवामा लाग्न सम्पूर्ण कर्मचारीलाई आग्रहसमेत गर्नुभयो ।

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निजामती सेवा ऐन तत्काल संसद्बाट पारित गर्नुपर्ने बताउनुभयो । “सबै राजनीतिक दलको छलफलमा निजामती सेवा ऐन संसद्बाट पारित गर्नुपर्छ”, उहाँले भन्नुभयो । उपसभापति गुरुङले नेता र कर्मचारी देश र जनताप्रति इमान्दार भए मुलुकभित्र रहेको विकृति, विसङ्गति र भ्रष्टाचार अन्त्य हुने बताउनुभयो । आगामी निर्वाचनमा कांग्रेस एक्लै निर्वाचनमा जानुपर्ने उहाँको भनाइ थियो ।

कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ट्रेड युनियनको अधिकारसहित सङ्घीय निजामती ऐन अगाडि बढाउन कांग्रेस कटिबद्ध रहेको बताउनुभयो । उहाँले निजामती कर्मचारी देशको स्थायी सरकार भएको बताउँदै मुलुकलाई समृद्धिको यात्रामा अगाडि बढाउन कर्मचारीको ठूलो भूमिका रहेको बताउनुभयो ।

कांग्रेसका अर्का महामन्त्री गगनकुमार थापाले विधिसम्मत् ढङ्गले पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढाउन कांग्रेसको वर्तमान नेतृत्व लागेको भन्दै पार्टीका भातृ एवं शुभेच्छुक संस्थाको अधिवेशनमा कांग्रेस नेतृत्वबाट हस्तक्षेप गर्न नहुने बताउनुभयो । संसद्को अधिवेशन टुङ्गिनुभन्दा पहिले निजामती ऐन पास गराउने दिशामा वर्तमान सरकार लाग्ने उहाँको भनाइ छ । महामन्त्री थापाले स्थानीय तहको निर्वाचन वैशाख ३० गते नै सम्पन्न हुने स्पष्ट पार्नुभयो । 

नेपाल निजामती कर्मचारी युनियनका राष्ट्रिय अध्यक्ष गोपालप्रसाद पोखरेलले सबै सेवाका कर्मचारीको अधिकारलाई समेटेर आधिकारिक ट्रेड युनियनको निर्वाचन हुनुपर्ने धारणा राख्नुभएको थियो । उहाँले कम्युनिष्ट सरकारले विचार र आस्थाका आधारमा कर्मचारी सरुवा, बढुवा गरेर कर्मचारीलाई दुःख दिएको गुनासो गर्नुभयो ।

युनियनका पूर्वअध्यक्ष इञ्जीनियर सुवोधकुमार देवकोटा, भानुभक्त ढकाल, राष्ट्रिय निजामती कर्मचारी सङ्गठनका अध्यक्ष हरिबहादुर रावत, नेपाल निजामती कर्मचारी सङ्गठनका अध्यक्ष केदार देवकोटा, मधेसी निजामती कर्मचारी मञ्चका अध्यक्ष भुवनेश्वर चौधरीलगायतले मुलुकको विकासका लागि सरकार र निजामती कर्मचारी सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताउनुभएको थियो ।