२५ जेष्ठ २०८३, सोमबार
,
Latest
फिलिपिन्समा शक्तिशाली भूकम्पपछि सुनामी चेतावनी ‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन् तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा रास्वपा कञ्चनपुरमा विष्ट एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रालयको गरिमा बढाउने योजना सहित पदमा बहाली भएको हुँ- खेलकुद मन्त्री गहतराज (भिडियो रिपोर्ट)



अ+ अ-

काठमाडौं । नवनियुक्त युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले राष्ट्रिय खेलकुद परिषदको र मन्त्रालयको गरिमा बढाउने योजनाका साथ पदवहाली भएको भन्दै साथ दिन कर्मचारीहरुलाई आग्रह गरेका छन् । 

राष्ट्रिय खेलकुद परिषद (राखेप) ले आज आयोजना गरेको बधाई तथा स्वागत कार्यक्रममा युवा तथा खेलकुद मन्त्री गहतराजले आपूm मन्त्रालयको गरिमा बढाउन योजना सहिज पदमा बहाली भएको भन्दै कर्मचारीलाई सहयोग गर्न आग्रह गरेका हुन ।

युवा तथा खेलकुद मन्त्रालय सम्हालेसँगै स्वत राष्ट्रिय खेलकुद परिषदको अध्यक्ष पदेन रहने व्यवस्था रहेको छ । खेल क्षेत्रबाट नेपाललाई विश्वमा चिनाउन र खेल पूर्वाधार निर्माण गरेर देशलाई समृद्ध तर्फ अगाडि बढाउने योजना आपूmसँग भएको बताएका हुन ।

कार्यक्रममा राखेप कर्मचारी संघका अध्यक्ष रञ्जन थापा, खेलकुद परिषदका कर्मचारी लगाएतले मन्त्रीलाई स्वगत गरेका हुन् । स्वागत कार्यत्रममा कर्मचारी संघका अध्यक्ष रञ्जन थापाले राम्रो र सुविधा युक्त खेलाडीका लागि प्रशिक्षण स्थल नभएको भन्दै मन्त्रीको कार्यकालमा काम अघि बढ्ने अपेक्षा राखेका छन् । सार्थ कर्मचारीको सेवा सुविधामा विभिन्न सदस्य सचिव नियुक्त भए पनि सम्बोधन नभएको भन्दै सम्बोधन गरिदिन आग्रह गरे ।