१० असार २०८३, बुधबार
,
Latest
रास्वपाको महाधिवेशन नसकेपछि भोलि बोलाइएको संसद बैठक सूचना टाँस गरेर स्थगित वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड रास्वपा महाधिवेशनः निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त होल्डिङ सेन्टरका सुकुम्बासीलाई २५ हजार दिएर हटाउने प्रयास खेदजनक : राजेन्द्र लिङ्देन न्यायपालिकाको स्वतन्त्रता न्यायाधीशहरुको प्रयासबाट मात्रै सम्भव छैनः सर्वोच्च अदालतका न्यायाधीश फुयाँल ‘गास, बास र कपास सुनिश्चित गर’ भन्दै दृष्टिबिहीनहरूको धर्ना महाधिवेशनका प्रतिनिधिलाई रास्वपाको ‘वेलकम किट’, झोलाभित्र क्यापदेखि आईडी कार्डसम्म होर्मुज जलमार्ग बन्द हुँदा एक हजार भन्दा बढी मालवाहक जहाजहरू समुन्द्रमै अलपत्र रास्वपा महाधिवेशन : मतदान प्रक्रिया सुरु हुन अझै केही घण्टा लाग्ने, केन्द्रीय सदस्यमा ३७० भन्दा… संरक्षित क्षेत्रमा घुम्न आउने पर्यटक ६० प्रतिशत
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा नेता गणेश शेरचनको निधन



अ+ अ-

काठमाडौं।राप्रपाका नेता, पूर्वमन्त्री गणेश शेरचनको ७८ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि मधुमेहबाट पीडित शेरचनको पछिल्लो समय मिर्गौलामा समस्या देखिएको थियो । आइतबार बिहान ग्राण्डी अस्पतालमा निधन भएका शेरचन राप्रपाको संस्थापक नेता, तत्कालीन राप्रपा नेपालको महामन्त्री र राजाको प्रत्यक्ष शासनकालमा क्षेत्रीय प्रशासक रहिसकेका छन् । शेरचनको निधन प्रति शोक प्रकट गर्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आफू दु:खी र स्तब्ध भएको बताएका छन् ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले शोक वक्तव्य जारी गर्दै शेरचन इमानदार देशभक्त, राष्ट्रवादी व्यक्तित्व रहेको साथै उनको निधनबाट पार्टी र नेपालको राष्ट्रवादी आन्दोलनलाई क्षति पुगेको उल्लेख गरेका छन् । शेरचनको आज पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने पारिवारिक श्रोतले जनाएको छ । शेरचनका एक श्रीमती, ३ छोरा र १ छोरी छन् ।

 

 




भर्खरै