• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा ★   ख्वप तिलगङ्गा आँखा अस्पतालद्वारा सेवा आरम्भ ★   वरिष्ठ आर्थिक पत्रकार बुढाथोकीलाई ‘मिडिया प्वाइन्ट सम्मान’ प्रदान ★   एमाले र रास्वपाबीच सहकारी र गिरिबन्धु टिस्टेट प्रकरणमा मिलेर जाने सहमति छ: गगन थापा ★   गृहमन्त्री लामिछानेले संसदमा दिएको अभिव्यक्ति टेलिभिजन प्रश्तोताका जस्तो भयो: गगन थापा ★   प्रतिनिधिसभा बैठक भोलि बस्नेगरी स्थगित ★   सहकारी प्रकरणमा मेरो कुनै संलग्नता छैनः रवि लामिछाने ★   ‘अर्को दलको सांसदलाई सदनमा बोल्न दिने कि नदिने निर्णय गर्नु कुन लोकतन्त्र हो ?’ ★   कांग्रेसलाई चेतावनी दिँदै रविले भने – तपाईँको गनगनले मात्र देश चल्दैन, झुटा मुद्दाले म डराउँदिन ★   प्रतिनिधिसभा बैठक जारी

मध्ये मौलिकता झल्काउने गीत ‘दोहोरीको राजा’ सार्वजनिक



काठमाडौं । पछिल्लो समय फरक फरक विषयवस्तुलाई लिएर गीतसङ्गीतहरू प्रस्तुत गरिने गरिन्छ त्यस्तै मध्ये मौलिकता झल्काउने गीत हो दोहोरीको राजा जसमा पहिले पहिले दरबार भित्र हुने लोक संस्कृतिको झल्लको दर्साइएको छ । 

गीतमा राजाले पारिवारिक मनोरञ्जनको लागी गराइने गीतसंगीतहरुको विषय समेत प्रस्तुत गरिएको छ । राजाले विभिन्न ठाउँका राजाहरूलाई बोलाइ पहिले पहिले यसरी नै सांस्कृतिक मञ्चन गराउने गरिन्थ्यो । त्यही शैलीलाई यस गीतमा देखाइदिएको छ ।

जसमा राजाले आफनो चेलीका लागी बर खोज्न यस्तै मञ्चनहरूमा प्रतिस्पर्धा माध्यम चलाउने गरेका थिए । जुन पुरानै दरबार शैलीको कुरालाई यस गीतमा राम्रोसँग प्रस्तुत गरेको देख्न सकिन्छ । 

सोही गीतमा जुगारी जित्नेलाई आफनो चेली दिने र हारेमा घर ज्वाइँ बस्नुपर्ने सर्त राख्छन् सोही सर्त कसैलाई मन्जुर नभएपछि उनले त्यो गीत सभा नै समापन गर्ने भन्छन् त्यत्तिकैमा अर्को ठाउको राजा आएर उनको सर्त अनुसार जुगारी खेली चेली लान तयार भएको देख्न सकिन्छ । 
 
गीतमा अञ्जलि अधिकारी, लोमुस शर्मा , सुरवीर पण्डित, शीतल शर्मा , आसिम शर्मा, नकुल ढकाल, शोभा ढकाल लगायतले अभिनय रहेको गीतमा गायक पशुपति शर्मा र लक्ष्मी मल्लले स्वर रहेको छ ।  सोही गीतमा सन्तोष राज वाहक कोरियोग्राफर छन् भने उत्सव दाहालले छायाकंन गरेका छन् । उक्त गीतमा निशान कश्यपको सम्पादन र निर्देशन रहेको छ ।