७ मंसिर २०८१, शुक्रबार
,
Latest
राष्ट्रपति पौडेलसंग सभामुख घिमिरेको भेटवार्ता अर्थतन्त्रलाई खलबल्याउन कम्बोडियामा लगानीको अफवाह फैलाइयोः प्रधानमन्त्री ओली विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छः अध्यक्ष दाहाल चीनको भ्रमण घुम्नका लागि होईन : प्रधानमन्त्री २०८४ सालको निर्वाचनसम्म अहिलेको समीकरण कायम रहन्छः प्रधानमन्त्री ओली विकास, समृद्धि र सुशासनको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौंः प्रधानमन्त्री चीनद्वारा २९ देशका लागि एकपक्षीय भिसा मुक्त नीति लागुः विदेश मन्त्रालय सहकारीको भावनाविपरीत सञ्चालन गर्दा समस्या आयोः मुख्यमन्त्री पाण्डे बीआरआई अन्तर्गत चीनसँग ऋण सहायता लिनुहुँदैनः काँग्रेस प्रवक्ता महत नेपालका राजनीतिक दलहरुमध्ये सबैभन्दा दूरदर्शी नेतृत्व नेकपा एमालेसँग छः महासचिव पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

साप्ताहिक राशिफल



अ+ अ-

साप्ताहिक राशिफल
कार्तिक ७–१३, २०७८

मेषः विवादास्पद अभिव्यक्तिले समस्या निम्त्याउन सक्छ। अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि सजग रहनुपर्नेछ। मंगलवार र बुधवार गरेका धेरै कार्य सम्पादन हुनेछन्। तर, बिहीवारदेखि सहयोगीहरू टाढिनेछन् भने साझेदारीको विवादले संयुक्त आधारशिला कमजोर बन्नेछ। आफन्तबीच मतभेद देखापर्नेछ। आफ्नैले झुक्याउन सक्छन्, गोपनीयतामा सजग रहनुहोला। भौतिक साधनको कमीले पनि अप्ठ्यारो पर्न सक्छ। उपलब्धिका लागि केही संघर्ष गर्नुपर्ने समय छ।

वृषः प्रारम्भमा इच्छाशक्ति बढ्नाले महत्त्वाकांक्षी काम सुरु हुनेछ। तर वैचारिक द्वन्द्वले उपलब्धि धकेलिन सक्छ। बोली(व्यवहारमा सजग नहुँदा आफ्नै समूहमा आलोचित भइनेछ। व्यवसायमा उतारचढाव देखिए पनि बिहीवार र शुक्रवार भने विभिन्न अवसर प्राप्त हुनेछन् । जिम्मेवारीका साथै चुनौती पनि बढ्नेछ। परिवारमा असमझदारी बढ्न सक्छ। उत्तरार्धमा अध्ययनमा समय दिन नसक्दा पछि परिनेछ। सप्ताहान्तमा गोपनीयता बाहिरिन सक्छ।

मिथुनः प्रारम्भमा दौडधुप गर्नुपरे मिहिनेतले विशेष अवसर दिलाउन सक्छ। पारिवारिक भेटघाटले गृहस्थी रमाइलो बन्नेछ। अध्ययनतर्फ सामान्य उपलब्धि हुनेछ। तर बीचमा फजुल खर्च बढ्ने, काम रोकिने र विवादमा परिने सम्भावना देखिएकाले बोली(व्यवहारमा सजग रहनुहोला। तापनि यो साता अग्रजहरूको सहयोग जुट्नुका साथै काम बन्नेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। विशेष जिम्मेवारी प्राप्त हुनेछ र कामले थप ऊर्जा प्रदान गर्नेछ।

कर्कटः प्रारम्भमा आम्दानीका स्रोत बढ्नुका साथै मनग्य आयआर्जन हुनेछ। भौतिक साधन जोड्ने समय छ। धेरै आवश्यकता पूरा हुनेछन्। मंगलवारदेखि सरसापटमा धन बाहिरिन सक्छ। अधुरो काम पूरा गर्नलाई पनि खर्च बढ्नेछ। तापनि लगानीद्वारा भविष्यको मार्गचित्र कोर्ने समय छ। बिहीवार र शुक्रवार आफन्तसँग रमाइलो भेटघाट हुनेछ। अध्ययनमा प्रगति हुनेछ। कामका लागि नयाँ अवसर पनि खुल्न सक्छन्।

सिंहः प्रारम्भमा विभिन्न अवसर पाइनेछ तर कामले वादविवाद निम्त्याउन सक्छ। सोमवारपछि दिगो फाइदा हुने काम प्रारम्भ गर्ने अवसर जुट्नेछ। आयस्रोत सबल बन्नेछ। छोटो समयमै काम बन्नुका साथै धनलाभ हुनाले मन उत्साहित बन्नेछ। लामो समयदेखिको खाँचो टर्नेछ। बिहीवारदेखि खर्च बढ्नाले अर्थ अभाव खट्किनेछ। आँटेको कामका लागि सञ्चित धन अपुग हुनाले थप रकम जुटाउन कर्जा लिनुपर्ला।

कन्याः सुरुमा विवादास्पद काममा हात हाल्नाले आलोचित भइनेछ। खराब संगतले मानसम्मानमा आघात पुर्याउन सक्छ। तर दिगो काम थालनी हुन सक्छ। अध्ययनमा पनि राम्रो नतिजा ल्याउन सकिनेछ। मंगलवारदेखि प्रतिष्ठित कामको अवसर प्राप्त हुनेछ। पेसातर्फ आम्दानी बढ्नेछ र उठ्नुपर्ने रकम हातलागी हुनेछ। प्रयत्न गर्दा नयाँ काम थालनी हुनेछ र व्यवसायबाट मनग्य लाभ उठाउन सकिनेछ। सप्ताहान्तमा खर्च बढ्नाले अर्थअभाव समेत देखापर्नेछ। बलजफ्ती गर्दा काम पनि बिग्रनेछ।

तुलाः प्रारम्भमा व्यावहारिक कठिनाइ देखा पर्नाले काम रोकिन सक्छ। तर समय लागे पनि मिहिनेतले उपलब्धि भने दिलाउनेछ। विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। मंगलवार र बुधवार अरूका काममा अलमल हुनेछ। तापनि केही काम सम्पादन हुनेछन्। बिहीवारदेखि उपलब्धि जोगाउन अलि सजग रहनुपर्ला। कर्मयोगले उचाइको मार्ग अवलम्बन गर्नेछ। अध्येताहरूलाई नयाँ ज्ञान सिक्ने अवसर प्राप्त हुनेछ।

वृश्चिकः साताको सुरुमा अवसर र चुनौती एकसाथ आउनेछन्। व्यापारको गतिले उचाइको मार्ग अवलम्बन गर्नेछ। केही खर्च लागे पनि विदेश ताक्नेहरूको मनोरथ पूरा हुनेछ । तर ईर्ष्या गर्नेहरूले व्यर्थैमा दुःख दिनेछन्। सोखले खर्च बढाउनेछ भने स्वास्थ्य कमजोर रहनेछ र कामको चाप बढ्नेछ। तापनि बीचमा स्थितिमा सुधार आउनेछ। सहयोगीहरूले साथ दिनेछन् र कर्मयोगले उचाइमा पुर्याउनेछ। सप्ताहान्तमा अवसरवादीहरूले फाइदा उठाउने चेष्टा गर्नेछन्।

धनुः साताको सुरुमा अवसर र चुनौती एकसाथ आउनेछन्। व्यापारको गतिले उचाइको मार्ग अवलम्बन गर्नेछ। केही खर्च लागे पनि विदेश ताक्नेहरूको मनोरथ पूरा हुनेछ । तर ईर्ष्या गर्नेहरूले व्यर्थैमा दुःख दिनेछन्। सोखले खर्च बढाउनेछ भने स्वास्थ्य कमजोर रहनेछ र कामको चाप बढ्नेछ। तापनि बीचमा स्थितिमा सुधार आउनेछ। सहयोगीहरूले साथ दिनेछन् र कर्मयोगले उचाइमा पुर्याउनेछ। सप्ताहान्तमा अवसरवादीहरूले फाइदा उठाउने चेष्टा गर्नेछन्।

मकरः सुरुमा विवादास्पद काम गर्नुपरे पनि धेरैलाई समेटेर काम लिन सकिनेछ। अध्ययनले उचाइको बाटो समाउनेछ। मिहिनेतले अवसर प्रदान गर्नेछ। व्यापार–व्यवसायमा पनि फाइदै हुनेछ। सामाजिक प्रतिष्ठा एवं पदीय जिम्मेवारी प्राप्त हुनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। प्रयत्न गर्दा यात्राको साइत पनि जुर्न सक्छ। काममा संघर्ष गर्नुपरे पनि सम्भावनाका ढोकाहरू खुल्नेछन्। पहिलेका कमजोरीमा सुधार आउनेछ। सप्ताहान्तमा भने केही झमेला देखिनेछन्।

कुम्भः यो साता मिश्रित फलदायी रहनेछ। सोखका विषयवस्तु संग्रह गर्ने समय छ। अध्ययन र स्वास्थ्यको चिन्ताले भने सताउन सक्छ। प्रतिस्पर्धीहरूले पनि दुस्ख दिनेछन्। बुधवारसम्म अर्थअभावले काम रोकिन सक्छ। बिहीवारदेखि स्थितिमा सुधार आउनाले विभिन्न अवसर प्राप्त हुनेछन्। अध्ययनका लागि भ्रमण गर्ने साइत जुर्न सक्छ। रमाइलो यात्राका बीच प्रियजनसँग भेटघाट हुनेछ। आतिथ्यपूर्ण सम्मान पनि पाइनेछ। सप्ताहान्तमा केही जिम्मेवारी बढ्नेछन्।

मीनः सुरुमा केही उल्झनमा परिनाले शुभचिन्तकहरू टाढा हुनेछन्। आफन्तको आश्वासन प्राप्त भए पनि काममा सहयोग नजुट्न सक्छ। घर–परिवारमा असमझदारी बढ्नेछ। स्वास्थ्य कमजोर रहनाले अध्ययन र काममा समय दिन नसकिएला। जोस–जाँगरमा कमी आउनेछ। बीचमा समस्या देखिए पनि सप्ताहान्तमा सुधार हुनेछ। मिहिनेत गर्दा राम्रै उपलब्धि प्राप्त हुनेछ र प्रतिस्पर्धीहरूले हार खानेछन्। आफन्तसँग रमाइलो भेटघाट हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। source: nepalipatro.com.np