३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादीको केन्द्रीय समिति बैठक स्थगित



अ+ अ-

काठमाडौं । पदाधिकारी चयनमा सहमती जुटाउने प्रयास असफल भएपछि आज (आईतबार) बोलाइएको नेकपा (माओवादी केन्द्र)को केन्द्रिय समिति बैठक भोलीसम्मका लागि स्थगित गरिएको छ । 

पार्टीको पदाधिकारी चयनलगायतका विषयमा सहमती नजुटेपछि भोली बिहान ११ बजेसम्मका लागि पार्टी केन्द्रिय कार्य समितिको बैठक स्थगित गर्ने निर्णय गरिएको पार्टी कार्यालयका मुख्य सचिव श्रीराम ढकालले जानकारी दिनु भएको हो । बैठकका लागि तोकिएको स्थान अनुपम फुडल्याण्डमा उहाँले सञ्चारकर्मीसँग कुरा गर्दै महाधिवेशनको म्यान्डेट अनुसार पदाधिकारी चयनका लागि तयारी पूरा नभएको र संसद बैठक पनि परेकाले आज बोलाइएको केन्द्रिय समिति बैठक भोलीसम्मका लागि स्थगित गर्नु परेको स्पष्ट पार्नुु भयो । 

गत फागुन २० गतेबाट सुरु भएको केन्द्रिय समितिको आजको बैठकमा पार्टीको पदाधिकारी, स्थायी समिति, पोलिटव्यूरो र केन्द्रिय सदस्यहरुको मनोनित गर्ने एजेन्डा तय गरिएको थियो । तर त्यो होमवर्क पूरा हुन नसक्दा आजको बैठक स्थगित हुन पुगेको पार्टी कार्यालयका मुख्यसचिव ढकालले बताउनु भयो । उहाँले भन्नु भयो, ‘अलिकति तयारी नपुगेको कारणले गर्दा आज ११ बजे हुने भनिएको बैठक २ बजेसम्मका लागि स्थगित भएको थियो । आज फेरी १ बजेका लागि संसद पनि भएको कारणले होमवर्क पनि यता पूरा भएन । तयारी पनि कम्प्लेट हुन सकेन । उता, संसद पनि अवरोध भएको कारणले गर्दाखेरी आजको बैठक स्थगित भएको छ । र, भोली यही अनुपम फुडल्याण्डमा बस्नेगरी आजको बैठक स्थगित भएको छ ।’

यसैबीच, नेकपा (माओवादी केन्द्र)का केन्द्रिय सदस्य हिमाल शर्माले अन्तिम समयमा आएर पार्टी केन्द्रिय समितिको बैठक स्थगित गरिएको भन्दै असन्तुष्टि व्यक्त गर्नु भएको छ । उहाँले पदाधिकारी चयनमा कुरा नमिले तत्काल केन्द्रिय समिति बैठकमा ल्याएर सहमती गर्न पनि पार्टीको नेतृत्वसँग माग गर्नु भयो । शर्माले एमसीसीबारे बैठकमा समिक्षा गर्ने र धेरै जित्यौं भन्ने पक्षमा आफू नरहेको पनि स्पष्ट पार्नु भयो । उहाँले भन्नु भयो, ‘बारम्बार यसरी केन्द्रिय समिति बैठक बोलाएर स्थगित हुने कुरा राम्रो होइन । त्यहाँ, नेताहरुबीच भएका, नमिलेका कुराहरु के–के हुन ? नेताहरुले केन्द्रिय समिति बैठकमा ल्याउनुप¥यो भन्ने माग म गर्न चाहन्छु । त्यहाँ जोडकोण कहाँ मिलेको छैन । केन्द्रिय समिति भनेको के हो त ? आएर बैठकमा राख्नु प¥यो, त्यहाँ नमिलेका कुरा । जहाँसम्म एमसीसीको कुरा राख्नु उठाउनु भयो । त्यसको समिक्षा गर्छौ । तर एमसीसीमा धेरै जित्यौं भन्नु हुँदैन ।’

अर्का केन्द्रिय सदस्य दलजीत विक श्रीपालीले एमसीसीलाई देखाएर पार्टी भित्र विभाजनको रेखा नर्कोर्न नेता नारायणकाजी श्रेष्ठलाई चेतावनी दिनु भयो । उहाँले चुनावको सामना गरेर जाने बेला नेताहरुले फरकमत राखेर पार्टीमा गुट बनाउन नपाउने बताउनु भयो । केन्द्रिय सदस्य श्रीपालीले भन्नु भयो, ‘नेताहरुले गुट बनाउन पाउँदैनन् । नेताहरु जहिले पनि एकतावद्ध हुनुपर्छ । चुनावको सामना गरेर जानुपर्छ । एमसीसीको नाममा फरक मत राखेर नेताहरुले पार्टी विभाजनको रेखा कोर्न हुन्न ।’

एमसीसीको कारण पार्टी विभाजन नहुने केन्द्रिय सदस्य रत्न ढकालको दावी छ । पार्टीमा फरक मतको जहिले पनि सम्मान हुने उल्लेख गर्दै उहाँले केन्द्रिय समिति बैठकमा पनि एमसीसीबारे छलफल हुने बताउनु भयो । तर त्यसैकारण पार्टी विभाजन नहुने उहाँको भनाई थियो । ढकालले भन्नु भयो, ‘एमसीसीका विषयमा पार्टी भित्र फरक मत राख्न पाईन्छ । फरक मतको पार्टी भित्र जहिले पनि सम्मान हुन्छ नै । तर त्यो कारणले केन्द्रिय समिति बैठक स्थगित भएको होइन । एमसीसीका कारण माओवादी पार्टी विभाजन हुँदैन । तर पार्टी भित्र छलफल हुन्छ ।’

केन्द्रिय सदस्य ढकालले एमसीसीको कारण पार्टीको बैठक स्थगित हुने अवस्था नरहेको पनि बताउनु भयो ।