१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो News Polar भोटेकोशी बाढीपछिको प्रश्न-फेरि बाढी आउँदा हामी कति तयार छौँ? News Polar नयाँ अभ्यासले संसद्लाई बलियो बनाएको सभामुख अर्यालको दाबी News Polar धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली News Polar आइपियुमा जलवायु विपद्बारे नेपालले ‘आपतकालीन प्रश्ताव’ लैजाने, ५० देशको समर्थन News Polar रसुवा बाढीपछि शव व्यवस्थापन र आश्रयस्थलको खोजी मुख्य चुनौतीपूर्ण रह्योः प्रहरी

रुपक अलङ्कारको महाकाव्य ‘विश्रान्त’ सार्वजनिक

रुपक अलङ्कारको महाकाव्य ‘विश्रान्त’ सार्वजनिक
अ अ+ अ-

काठमाडौं । कवि तथा लेखक रुपक अलङ्कारको नविनतम् महाकाव्य 'विश्रान्त' सार्वजनिक भएको छ। हिजो (शनिबार) एक कार्यक्रमका बिच नेपाल प्रज्ञा प्रतिष्ठानमा प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत प्रसाद उपाध्याय, समालोचक प्रा.डा रामप्रसाद ज्ञवाली, महेश पौड्याल, शैलेन्द्र अधिकारीले उक्त कृतिको सार्वजनिक गरेका हुन्। फुटकर कविता र निबन्ध लेख्ने अलङ्कारले पहिलो कृतिका रुपमा महाकाव्य ल्याएका हुन्।

सदस्य सचिव उपाध्यायले नेपालका राजनितिक नेतृत्वमा देखिएको व्यक्तिवादको चरित्रलई कृतिले प्रश्न मात्र गरेको छैन, काव्यिक तरिकाले झापड हानेको बताए। विचार र कला सौन्दर्यको हिसाबले कृति अब्बल रहेको उनले बताए। समालोचक डा. ज्ञवालीले महाकाव्यले नेपालको पछिल्लो २५ वर्षमा भएको राजनितिक परिवर्तनमा एक व्यक्तिले गरेको संघर्षलाई वृहत् रुपमा प्रस्तुत गरेको बताए। पुस्तकमा रहेको मुख्य पात्रले भोगेको जीवन चरित्र अहिलेको राजनितिक नेतृत्वको प्रतिविम्ब रहेको ज्ञवालीले प्रकाश पारे। ज्ञवालीले भने, 'समाजले साहित्यलाई अनुत्पादक ठानेपनि यस कृतिले नेपाली समाजले भोगेको राजनितिक संघर्षमा एक व्यक्तिको राजनितिक आरोह/अवरोहमार्फत समाजको चित्रण गरेको छ।'

अहिले लेखकहरू साहित्य र समाजका लागि नभइ आफूलाई स्थापित गर्न लागि परिरहेको गम्भिर आरोप लगाए। यसैबिच अलंकारले ल्याएको उक्त कृतीले समाजले नै फरक सिराबाट सोच्न बाध्य बनाउने ठोकुवा गरे। यस्तै, समालोचक पौड्यालले सुदुर गाउँबाट अवसरका लागि आएको एक पात्रले गर्ने क्रान्ति र त्यो क्रान्तिको मिलन बिन्दुमा पुग्दा के प्राप्त गर्छ भन्ने प्रश्न कृतिले उठाएको बताए। 
नयाँ समाजको परिकल्पनामा क्रान्तिमा होमिएको एक व्यक्ति क्रान्ति असफल हुदाँ कि साधु बन्ने कि आत्महत्या गर्ने भन्दै यस कृतिमा मुख्य पात्र साधु रहेको स्पष्ट पारे। 'समग्रममा भन्दा यस कृति साधुले सुनाएको वृतान्त नै महाकाव्यको मुख्यविन्दु हो' पौड्यालले भने। 

पछिल्लो समयमा आएका महाकाव्य भन्दा यस महाकाव्यमा फरकपन रहेको उनले बताए। 'यस महाकाव्यमा परम्परागत शैलीलाई पनि छोडेको छैन भने नयाँ प्रयोग पनि गरिएको छु, पौड्यालले भने, 'यस्तो भन्दै गर्दा कृति त्रुटिरहित भने छैन। कृतिले प्रश्न मात्र गरेको छ। जवाफको खोजी भने गरेको छैन।' अर्का लेखक तथा समालोचक अधिकारीले महाकाव्यको महत्व साहित्यमा व्यापक रहेपनि यसलाई पढ्ने पाठकको कमि किन भइरहेको भन्ने खोजी गर्नेपर्ने धारणा व्यक्त गरे। 'नेपालका विश्वविद्यालयमा एकाध महाकाब्यको मात्र पढाई हुन्छ। जसले गर्दा हामीले महाकाव्यको महत्वलाई बढोत्तरी गर्न सकेका छैनौं, अधिकारीले भने, 'महाकाव्य पढ्ने पाठकको वृद्धि गर्न यस कृति सफल हुनेमा म विश्वस्त छु।'

महाकाव्यलाई शिखा बुक्सले प्रकाशनमा ल्याएको हो। पुस्तकको मुल्य ३ सय ७५ राखिएको छ।