२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar एनपिएलको तयारी अन्तिम चरणमा News Polar नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय

भारतमा कोरोनाभाइरसबाट थप पाँच हजार ४७६ सङ्क्रमित

भारतमा कोरोनाभाइरसबाट थप पाँच हजार ४७६ सङ्क्रमित
अ अ+ अ-

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या दिन प्रति दिन घट्दै गइरहेको छ ।भारतमा पछिल्लो २४ घण्टामा थप पाँच हजार ४७६ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले आइतबार जानकारी दिएको  छ । 

योसँगै भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या भने ५९ हजार ४४२ पुगेको अधिकारीले जनाएका छन् ।  भारतको सङ्घीय स्वास्थ्य मन्त्रालयका अनुसार सोही अवधिमा ९ हजार ७५४ कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् ।

एउटै अवधिमा नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै भएकाले सक्रिय सङ्क्रमितको सङ्ख्या पनि घट्दै गइरहेको हो ।भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि सङ्क्रमणमुक्त भइसकेकाको सङ्ख्या चार करोड २३ लाख ८८ हजार ४७५ पुगेको छ ।

कोरोनाभाइरसका कारण भारतमा अहिलेसम्म पाँच लाख १५ हजार ३६ को मृत्यु भएको छ । तीमध्ये १५८ को पछिल्लो २४ घण्टामा मृत्यु भएको हो । गत शनिबार एक दिनमा भारतमा नौ लाख ९ हजार ९८५ को कोरोना परीक्षण गरिएको छ । भारतमा कोरोना शुरु भएबाट हालसम्म ७७ करोड २८ लाख भन्दा बढी व्यक्तिको कोरोना परिक्षण भइसकेको छ ।

यहाँ गत २४ घण्टामा २६ लाख १९ हजार ७७८ डोज कोरोना भाइरसविरुद्धको खोप लगाइएको छ । भारत सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयबाट हालसम्म एक अर्व ७८ करोड ८३ लाख ७९ हजार २४९ डोज खोप लगाइएको छ । (रासस/एएनआई)