३ भाद्र २०८३, बुधबार
,
Latest
बालबालिकामा बढ्दो मोबाइल लत नियन्त्रण गर्न अभिभावक लक्षित सचेतना कार्यक्रम चलाउन माग विदेशमा रहेका नेपालीलाई स्थानीय तह निर्वाचनमा मतदानको व्यवस्था गर्न रास्वपाको माग राष्ट्रियसभाको अर्काे बैठक भदौ ५ गते एनसेललाई प्राधिकरणको स्पष्टीकरण : ग्राहकले डाटा नचलाउँदा पनि ब्यालेन्स किन काटेको ? प्रधानमन्त्री शाहको अध्यक्षतामा मन्त्रिपरिषद् बैठक सुरु मल वितरणमा लालपूर्जा माग्नु नकारात्मक विषय होइन : कृषिमन्त्री चौधरी सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत जंगली जनावरको आतंक नियन्त्रण गर्न सरकार गम्भीर बनोस्ः सांसद बोगटी लागुऔषध दुर्व्यसनी भयावह अवस्था रोक्न सांसद खनालले गराए सरकारको ध्यानाकर्षण बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकामा आँधी कम्तीमा छ जनाको मृत्यु



अ+ अ-

वासिङ्टन । अमेरिकी राज्य आयोवाको म्याडिसन काउन्टीमा शनिबार आएको आँधीका कारण चार वयस्क र दुई बालबालिकाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । एक पत्रकार सम्मेलनमा आँधीले कम्तीमा चार अन्य वयस्कहरू घाइते भएका र  घर र सम्पत्ति दुबैमा व्यापक क्षति पु¥याएको काउन्टीको आपतकालीन व्यवस्थापन निर्देशकले बताउनु भएको छ । 

‘केन्द्रीय आयोवाको लागि सबैभन्दा खराब समय समाप्त भएको छ । तूफानहरू पूर्वतिर सर्दै छन् ।’ राष्ट्रिय मौसम सेवा डेस मोइन्सले साँझ ७ः३० मा ट्वीट गरेर जानकारी दिएको छ ।आइतबारको क्षतिको राम्ररी अनुसन्धान गरिने बताइएको छ  । यो आँधी समुदायको लागि धेरै विनाशकारी रहेको र  उद्धार प्रयासहरू रातभर जारी रहने सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । 

आयोवाका गभर्नर किम रेनोल्ड्सले म्याडिसन काउन्टीको लागि प्रकोप घोषणा जारी गर्नु भएको छ । यसले राज्य स्रोतहरूलाई अवस्था सुधार्नको लागि सहयोग र प्रयोगको अनुमति दिन्छ ।‘हाम्रो हृदय आज राज्यमा आएको घातक आँधीबाट प्रभावित सबैप्रति भावुक भएको छ ।’ रेनोल्ड्सले एक विज्ञप्तिमार्फत भन्नु भएको छ । 

गत डिसेम्बरमा आएको दर्जनौं विनाशकारी आँधीबेहरीले अमेरिकाको पाँचवटा राज्यहरूमा प्रभावित भएको थियो । यस आँधीमा परी  केन्टकी, टेनेसी, अर्कान्सास, मिसौरी र इलिनोइसमा  ७७ जनाको मृत्यु भएको थियो  । (रासस/एएफपी)