२ कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुरको कोञ्ज्योसोम गाउँपालिकामा एकै परिवारका पाँच मृत फेला



अ+ अ-

काठमाडौं । ललितपुरको कोञ्ज्योसोम गाउँपालिका–४ नल्लुमा एकै परिवारका पाँच जना मृत अबस्थामा फेला परेका छन् । मृत्यु हुनेमा ५५ वर्षीय काइँला स्याङताङ, उनका छोरा २२ वर्षीय सुभाष स्याङताङ, बुहारी २२ वर्षीया सुष्मा स्याङताङ, नाति ९ वर्षीय आशिष स्याङताङ र नाति नाबालक २ दिनको नवजात शिशु रहेका छन्।

ललितपुर प्रहरीले निसास्सिएर मृत्यु भएको अनुमान गरेको छ ।  कोठामा आगो बालेर सुतेको र त्यहीँ उनीहरू मृत भेटिएका थिए । प्रहरीले घटनाबारे थप अनुसन्धान भै रहेको जनाएको छ ।