८ भाद्र २०८३, सोमबार
,
Latest
नेपाली काँग्रेसको आयोजनामा भदौ ११ गते महिला उद्यमशीलता सम्मेलन हुने भ्रष्टाचारी र बलात्कारीलाई ‘अन दि स्पट’ गोली ठोक्ने कानून लागू गरौँः खगेन्द्र सुनार पीपीपीका समस्या समाधान गर्न निजी क्षेत्रसँग १५ दिनभित्र सुझाव माग सरकार गठन भएयता पूँजीबजारमा ६ खर्ब रुपैयाँ डुब्यो, अर्थमन्त्रीज्यु चिठ्ठा खेलाउनमा व्यस्त हुनुहुन्छः सांसद सङ्ग्रौला नेपाली श्रमिकको प्रहरी चारित्रिक प्रमाणपत्र प्रक्रिया सहज बनाउन युएईसँग छलफल सचेत वा नसियत पाएका व्यक्ति बैंकको सञ्चालक बन्न पाउने गरी ‘बाफिया’ संशोधन गरिँदै पूर्वाधार विकासका लागि १५ वर्षे मास्टर प्लान आवश्यक : अध्यक्ष पाण्डे निजी क्षेत्रलाई ‘ड्राइभिङ सिट’मा राखेर पूर्वाधार विकास गर्नुपर्ने : चेम्बर अध्यक्ष अग्रवाल अबदेखि साउन १ गते मौद्रिक नीति सार्वजनिक गर्ने तयारी बलात्कारपछि हत्याका घटना रोक्न कानून संशोधन गर्न राप्रपा नेता शाहीको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रकाशमान सिंह सुटुक्क भारततिर



अ+ अ-

काठमाडौँ — पार्टीको नेतृत्व लिन उम्मेदवारीको रस्साकसी चलिरहेका बेला कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंह सुटुक्क भारत पुगेका छन् । स्रोतका अनुसार सिंह भारतीय जनता पार्टीका अध्यक्ष जगतप्रकाश नाड्डालाई भेट्न बिहीबार नेपालगन्जको बाटो हुँदै नयॉ दिल्ली गएका हुन् । उनले नयॉ दिल्लीमा को—कोलाई भेटे भन्नेबारे भने जानकारी हुन सकेको छैन ।

बर्दियामा बुधबार गणेशमान सिंहको सालिक अनावरणपछि उनी त्यतैबाट नयॉ दिल्ली हानिएका थिए । सिंह शनिबार नै नेपाल फर्कंदैछन् ।

सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग संस्थापनइतर खेमाबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, सिंह र नेता शेखर कोइराला मुख्य प्रतिस्पर्धामा छन् । देउवासँग प्रतिस्पर्धाका लागि इतरपक्षबाट एकजना मात्रै उम्मेदवार तय गर्न दबाव बढिरहेका बेला सिंहको भारत भ्रमणलाई नेताहरुले अर्थपूर्ण रुपमा लिएका छन् । केही दिनअघि महामन्त्री शशांक कोइराला पनि भारत गएका थिए । भारतमा उपचारत दुई सांसद प्रदीप गिरी र कर्मा घलेलाई भेट्न भनी भारत पुगेका कोइरालाले भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेसहितका भाजपा नेताहरुलाई भेटका थिए ।

त्यसपछि सिंह भारत गएका हुन् । केही दिनअघि मन्त्रिपरिषद् विस्तारलाई लिएर आफ्नै खेमाका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग असन्तुष्टि बढेको थियो ।

सिंहले सांसद राजेन्द्र केसीलाई मन्त्री बनाउन चाहेका थिए । पौडेल र महामन्त्री कोइरालाको प्रस्तावमा दिलेन्द्र बडु र मिनेन्द्र रिजाल मन्त्री भएपछि सिंह पौडेलसँग आक्रोशित छन् । पछिल्लो पटक उनले बोलाएको बैठकमा समेत जान छोडेका छन् । शुक्रबार भने भारतमा भएकाले पौडेलले बोलाएको बैठकमा सिंहको अनुपस्थित रहेको हो । ( कान्तिपुर दैनिकमा समाचार छ)




भर्खरै