१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रकाशमान सिंह सुटुक्क भारततिर



अ+ अ-

काठमाडौँ — पार्टीको नेतृत्व लिन उम्मेदवारीको रस्साकसी चलिरहेका बेला कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंह सुटुक्क भारत पुगेका छन् । स्रोतका अनुसार सिंह भारतीय जनता पार्टीका अध्यक्ष जगतप्रकाश नाड्डालाई भेट्न बिहीबार नेपालगन्जको बाटो हुँदै नयॉ दिल्ली गएका हुन् । उनले नयॉ दिल्लीमा को—कोलाई भेटे भन्नेबारे भने जानकारी हुन सकेको छैन ।

बर्दियामा बुधबार गणेशमान सिंहको सालिक अनावरणपछि उनी त्यतैबाट नयॉ दिल्ली हानिएका थिए । सिंह शनिबार नै नेपाल फर्कंदैछन् ।

सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग संस्थापनइतर खेमाबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, सिंह र नेता शेखर कोइराला मुख्य प्रतिस्पर्धामा छन् । देउवासँग प्रतिस्पर्धाका लागि इतरपक्षबाट एकजना मात्रै उम्मेदवार तय गर्न दबाव बढिरहेका बेला सिंहको भारत भ्रमणलाई नेताहरुले अर्थपूर्ण रुपमा लिएका छन् । केही दिनअघि महामन्त्री शशांक कोइराला पनि भारत गएका थिए । भारतमा उपचारत दुई सांसद प्रदीप गिरी र कर्मा घलेलाई भेट्न भनी भारत पुगेका कोइरालाले भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेसहितका भाजपा नेताहरुलाई भेटका थिए ।

त्यसपछि सिंह भारत गएका हुन् । केही दिनअघि मन्त्रिपरिषद् विस्तारलाई लिएर आफ्नै खेमाका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग असन्तुष्टि बढेको थियो ।

सिंहले सांसद राजेन्द्र केसीलाई मन्त्री बनाउन चाहेका थिए । पौडेल र महामन्त्री कोइरालाको प्रस्तावमा दिलेन्द्र बडु र मिनेन्द्र रिजाल मन्त्री भएपछि सिंह पौडेलसँग आक्रोशित छन् । पछिल्लो पटक उनले बोलाएको बैठकमा समेत जान छोडेका छन् । शुक्रबार भने भारतमा भएकाले पौडेलले बोलाएको बैठकमा सिंहको अनुपस्थित रहेको हो । ( कान्तिपुर दैनिकमा समाचार छ)