१ पुष २०८२, मंगलवार
,
Latest
माथिल्लो अरुण आयोजना निर्माणका लागि दुई हजार बढी रुख काटियो अख्तियारद्वारा पोखरा विमानस्थलका तत्कालीन आयोजना प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता पासाङ शेर्पाको उम्मेदवारी खारेज एमाले महाधिवेशनः ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने रेडपाण्डा म्याराथनः पुरुषतर्फ गजेन्द्र र महिलातर्फ निर्मलाले उपाधि जिते दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट जेनजी सुशासन योद्धा: भट्ट परिवारको सहारा, कान्छो ढल्यो… भृकुटीमण्डपमा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन (तस्बिरहरु)
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस महाधिवेशन तयारी !



अ+ अ-

काठमाडौं । पाँचौंपटक तोकिएको मितिमै महाधिवेशन गर्ने तयारी स्वरुप कांग्रेस केन्द्रीय समिति बैठक आज आइतबार बस्दैछ। प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार विभिन्न समिति र उपसमिति गठनलगायत निर्णय गर्न बैठक बोलाइएको हो। 

क्रियाशील सदस्यता विवादका कारण रोकिएका १३ जिल्लाका वडा, पालिका र जिल्ला अधिवेशन शनिबारबाट सुरु भइसकेका छन्। कांग्रेस महाधिवेशन मंसिर २४ देखि २७ सम्म तोकिएको छ। केन्द्रीय समितिको बैठकको तयारीका लागि सभापति शेरबहादुर देउवाले शुक्रबार पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठक गरेका थिए। 

‘सो बैठकमा सभापतिज्यूले महाधिवेशन तोकिएकै मितिमा हुनेमा आशंका नगर्न आग्रह गर्नुभएको छ,’ प्रवक्ता शर्माले भने, प्रवक्ता शर्माले भने, ‘बैठकको मूल एजेन्डा नै महाधिवेशनको तयारीको छलफल हो।’ न्यायालयमा देखिएको विवादका विषयमा पनि बैठकमा छलफल हुने सहमहामन्त्री डा। प्रकाशशरण महतले बताए। उनले भने, ‘सर्वत्र चर्चा बनेको विषयमा कांग्रेस चुप लागेर बस्ने भन्ने कुरा हुँदैन। तर, न्यायालयको विवाद आन्तरिक रूपमै समाधान हुनुपर्छ भन्ने हाम्रो धारणा हो।’ शनिबारको 

पदाधिकारीको बैठकमा संस्थापन इतर समूहका नेताहरूले न्यायालयमा देखिएको समस्याका विषयमा राजनीतिक दल र सरकार अब चुप बस्न नहुने विषय उठाएका थिए। 

सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूपक्षीय नेताहरूसँग छुट्टाछुट्टै छलफल गरी के विषय केन्द्रीय समितिको बैठकमा लैजाने भन्ने बारे तय गरिसकेका छन्।

सभापतिकै निवासबाट चल्छ कांग्रेस
प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले केन्द्रीय समितिको बैठक आफ्नै निवासमा राखेका छन्। मुख्यसचिव कृष्णप्रसाद पौडेलले भने, सभापतिज्यूको व्यस्तताले गर्दा यसपालिको बैठक पनि बूढानीलकण्ठमै बस्दैछ।’  

क्रियाशील सदस्यता विवादका कारण केन्द्रीय कार्यालयमा नेता–कार्यकर्ताको धर्ना हुन थालेदेखि नै देउवा पार्टीका काम बालुवाटार र निजी निवासबाटैै गर्ने गरेका छन्। असार ४ र ५ गतेको केन्द्रीय समितिको बैठकपछि देउवा केन्द्रीय कार्यालय पुगेका छैनन्। अभैm पनि पार्टी कार्यालयमा रौतहटका कार्यकर्ताको रिले अनशन जारी छ। पार्टीका भेला र बैठकहरू सरकारी निवासमा नगर्ने प्रतिबद्धता नै गरेका देउवाले पदाधिकारी र पूर्वपदाधिकारीदेखि केन्द्रीय कमिटीको बैठकलगायत अधिकांश बैठक बूढानीलकण्ठमै गर्छन्। सानेपास्थित केन्द्रीय कार्यालयमा सुविधासम्पन्न कार्यकक्ष हुँदाहुँदै पनि देउवाले निजी निवासमै बैठक सञ्चालन गर्दै आएका छन्। 

रोकिएका अधिवेशन धमाधम सुरु
अनेक समस्या अघि सारेर रोकिएका अधिवेशनहरू शनिबारदेखि सुरु भएका छन्। सर्लाहीमा विवादका कारण अधिवेशनको प्रक्रिया अघि बढेको छैन। त्यहाँ केन्द्रीय निर्वाचन समितिले राजीनामा दिएपछि अधिवेशन रोकिएको हो। 

केन्द्रीय निर्वाचन समिति सदस्य तेजप्रसाद रावलका अनुसार सिन्धुपाल्चोक, प्रदेश २ का ८ जिल्ला तथा कैलाली, बाँके, डोल्पा, सुर्खेत र रसुवामा शनिबारदेखि वडा अधिवेशन भएको छ।  त्यस्तै, शनिबारै सोलुखुम्बु, दार्चुला र म्याग्दीले भने प्रदेश सभा निर्वाचन क्षेत्रको अधिवेशन गरेका छन्।

यसअघि १८ भदौमा वडा अधिवेशन भएको थियो। त्यतिबेला वडा अधिवेशन गरेका १३ हिमाली जिल्लाले सबै अधिवेशन सकेका छन्। ५० जिल्लामा वडा र स्थानीय तहको अधिवेशन भएको छ। निर्वाचन समितिले शनिबार वडा अधिवेशन भएका जिल्लामा ३० कात्तिकमा पालिका र ३ मंसिरमा प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन हुनेछ।  शनिबार वडा अधिवेशन गरेका जिल्लाले १० मंसिरसम्ममा जिल्ला तहको अधिवेशन गर्नुपर्ने हुन्छ। अन्नपुर्णपोष्ट दैनिक