१४ असार २०८३, आईतवार
,
Latest
सहकारी पीडितको वचत रकम फिर्ता गर्नेबारे सरकारः कुन–कुन राईलाई ल्याउनुपर्छ ल्याउँछौँ सहकारी (पहिलो संशोधन) विधेयक स्वीकृत कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा नक्कली ‘सेरोफ्लो रोटाक्याप्स २५०’ फेला परेपछि बजार अनुगमन तीव्र कम्युनिष्ट आन्दोलनलाई समयसापेक्ष र जनमुखी बनाउन पूर्वराष्ट्रपति भण्डारीको जोड जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै विविधतायुक्त नेपालका लागि प्रत्यक्ष कार्यकारी प्रणाली उपयुक्त छैनः पूर्वराष्ट्रपति भण्डारी वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग एमाले लडेको हो, मरेको होइन, फेरि धुलो टकटक्याएर उठ्छौँः अध्यक्ष ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

यी हुन् तनहुँबाट महाधिवेशनमा चयन हुने प्रतिनिधिहरु



अ+ अ-

तनहुँ । नेकपा एमालेको आसन्न दशौं महाधिवेशनका लागि तनहुँबाट छनोट हुने प्रतिनिधिको टुंगो लागेको छ । 

शनिबारको भेलाबाट महिला, दलितसहित गरी १३ जना प्रतिनिधि सर्वसम्मतिले छनोट गरिएको हो । 

प्रतिनिधि बन्न ४३ जनाको उम्मेदवारी परेको थियो । दुई निर्वाचन क्षेत्र रहेको तनहुँमा क्षेत्र नं. १ बाट पाँच जना र क्षेत्र नं. २ बाट आठ प्रतिनिधि छनोट गरिएको छ । 

जसमध्ये क्षेत्र नं. १ बाट खुलातर्फ इन्द्रबहादुर कुँवर, हरिराज कँडेल, बाबुराम अधिकारी, कलावती ढकाल चयन भएका छन् भने महिलातर्फ राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने चयन भएकी छन् । 

यस्तै क्षेत्र नं. २ बाट खुलातर्फ प्रतिनिधिसभा सदस्य एवं जिल्ला अध्यक्ष केदार सिग्देल, रामचन्द्र उपाध्याय, धर्मराज खनाल, विष्णुभक्त सिग्देल र श्रीप्रसाद श्रेष्ठ चयन भएका छन् । महिलातर्फ सविता रसाइली र राधा महत चयन भए भने दलिततर्फबाट बाबुराम सुनार चयन भए । 

एमालेले महाधिवेशनका लागि एक हजार ९९९ प्रतिनिधि चयन गर्दैछ ।

एमाले महाधिवेशन यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ । विधान महाधिवेशन सकाएको एमालेले अबको महाधिवशेनमा नेतृत्व चयन गर्नेछ । 

पदाधिकारीसहित २२५ जनाको केन्द्रीय कमिटी र अनुशासन आयोग तथा लेखा आयोग गरी १५/१५ जना निर्वाचित हुनेछन् । 

एमालेले यसपटकको महाधिवेशनमा विद्युतीय मेसिनबाट मतदान गर्ने तयारी गरेको छ ।