१५ आश्विन २०८१, मंगलवार
,
Latest
प्रचण्डको सक्रियता : उत्तरदायित्व बोध कि छायाँ सरकारको कसरत ? नौबिसे नागढुङ्गा सडक र पृथ्वीराजमार्ग राति पनि सञ्चालन उद्धार र राहतमा क्रियाशील रहन कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको आग्रह पृतनापति समन्वयात्मक बैठक सम्पन्न वरिष्ठ पत्रकार विजय चालिसेको ‘युगसन्धि’ उपन्यास सार्वजनिक डिसहोमको इन्टरनेट कनेक्सनमा बोनससहितको आकर्षक अफरहरू सार्वजनिक साहसी चाणिकलाललाई केएनपी नेरोलेक पेन्ट्सको सम्मान एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने ढोरपाटनका मेयर नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश राज्य व्यवस्था समितिमा सांसदको प्रश्नः विपद् प्रतिकार्यमा किन कमजोरी भयो ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

यी हुन् तनहुँबाट महाधिवेशनमा चयन हुने प्रतिनिधिहरु



अ+ अ-

तनहुँ । नेकपा एमालेको आसन्न दशौं महाधिवेशनका लागि तनहुँबाट छनोट हुने प्रतिनिधिको टुंगो लागेको छ । 

शनिबारको भेलाबाट महिला, दलितसहित गरी १३ जना प्रतिनिधि सर्वसम्मतिले छनोट गरिएको हो । 

प्रतिनिधि बन्न ४३ जनाको उम्मेदवारी परेको थियो । दुई निर्वाचन क्षेत्र रहेको तनहुँमा क्षेत्र नं. १ बाट पाँच जना र क्षेत्र नं. २ बाट आठ प्रतिनिधि छनोट गरिएको छ । 

जसमध्ये क्षेत्र नं. १ बाट खुलातर्फ इन्द्रबहादुर कुँवर, हरिराज कँडेल, बाबुराम अधिकारी, कलावती ढकाल चयन भएका छन् भने महिलातर्फ राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने चयन भएकी छन् । 

यस्तै क्षेत्र नं. २ बाट खुलातर्फ प्रतिनिधिसभा सदस्य एवं जिल्ला अध्यक्ष केदार सिग्देल, रामचन्द्र उपाध्याय, धर्मराज खनाल, विष्णुभक्त सिग्देल र श्रीप्रसाद श्रेष्ठ चयन भएका छन् । महिलातर्फ सविता रसाइली र राधा महत चयन भए भने दलिततर्फबाट बाबुराम सुनार चयन भए । 

एमालेले महाधिवेशनका लागि एक हजार ९९९ प्रतिनिधि चयन गर्दैछ ।

एमाले महाधिवेशन यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ । विधान महाधिवेशन सकाएको एमालेले अबको महाधिवशेनमा नेतृत्व चयन गर्नेछ । 

पदाधिकारीसहित २२५ जनाको केन्द्रीय कमिटी र अनुशासन आयोग तथा लेखा आयोग गरी १५/१५ जना निर्वाचित हुनेछन् । 

एमालेले यसपटकको महाधिवेशनमा विद्युतीय मेसिनबाट मतदान गर्ने तयारी गरेको छ ।