१५ आश्विन २०८१, मंगलवार
,
Latest
प्रचण्डको सक्रियता : उत्तरदायित्व बोध कि छायाँ सरकारको कसरत ? नौबिसे नागढुङ्गा सडक र पृथ्वीराजमार्ग राति पनि सञ्चालन उद्धार र राहतमा क्रियाशील रहन कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको आग्रह पृतनापति समन्वयात्मक बैठक सम्पन्न वरिष्ठ पत्रकार विजय चालिसेको ‘युगसन्धि’ उपन्यास सार्वजनिक डिसहोमको इन्टरनेट कनेक्सनमा बोनससहितको आकर्षक अफरहरू सार्वजनिक साहसी चाणिकलाललाई केएनपी नेरोलेक पेन्ट्सको सम्मान एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने ढोरपाटनका मेयर नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश राज्य व्यवस्था समितिमा सांसदको प्रश्नः विपद् प्रतिकार्यमा किन कमजोरी भयो ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्याय भयो भन्दै कार्यकर्ता पार्टी कार्यलयमा धर्नामा, बैठक सभापति निबासमा



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको  केन्द्रीय समिति बैठक प्रधानमन्त्री एबं पार्टी सभापति शेरबहादुर देउवाको नीजि निबास बुढानिलकण्ठमा बसिरहेकाे छ । कांग्रेस केन्द्रीय कार्यालयमा बैठक बस्ने भनेर सदस्यहरुलाई सुचना पठाईए पनि बैठक  बुढानिलकण्ठमा बसेकाे हो ।

संस्थापन खेमाले आफू अनुकुल नभएका जिल्लामा मनोमानी ढंग बाट जिल्ला अधिबेशन गराएको आरोप लगाउदै असन्तुष्ट पक्ष पार्टी कार्यलयमा धर्नामा बसेपछि बैठक सभापतिको नीजि निबासमा बसेको हो ।

महाधिवेशन प्रतिनिधि छनौटमा असन्तुष्टि जनाउदै रौतहटका  कांग्रेसका  नेताले लामो समय देखी धर्ना दिई राखेका छन् ।  गत साउन पहिलो सातादेखि महाधिवेशन प्रतिनिधि चयन निष्पक्ष हुनुपर्ने माग राखेर उनिहरु धर्नामा बसेको पनि ११५ दिन पुरा भएको छ ।

उता सभापति देउवाको गृहजिल्लाका डडेलधुराका सभापति कर्णबहादुर मल्ल पनि  कार्यकर्ता सहित केन्द्रीय कार्यालयमा धर्ना बस्ने तयारीमा हुनुहुन्छ । निरङ्कुश  शैलीमा गुटगत वडा अधिवेशन गराएको आरोप लगाउदै मल्ल सहितका नेता कार्यकर्ताहरु धर्नामा बस्न लागेका हुन् ।