२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्याय भयो भन्दै कार्यकर्ता पार्टी कार्यलयमा धर्नामा, बैठक सभापति निबासमा



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको  केन्द्रीय समिति बैठक प्रधानमन्त्री एबं पार्टी सभापति शेरबहादुर देउवाको नीजि निबास बुढानिलकण्ठमा बसिरहेकाे छ । कांग्रेस केन्द्रीय कार्यालयमा बैठक बस्ने भनेर सदस्यहरुलाई सुचना पठाईए पनि बैठक  बुढानिलकण्ठमा बसेकाे हो ।

संस्थापन खेमाले आफू अनुकुल नभएका जिल्लामा मनोमानी ढंग बाट जिल्ला अधिबेशन गराएको आरोप लगाउदै असन्तुष्ट पक्ष पार्टी कार्यलयमा धर्नामा बसेपछि बैठक सभापतिको नीजि निबासमा बसेको हो ।

महाधिवेशन प्रतिनिधि छनौटमा असन्तुष्टि जनाउदै रौतहटका  कांग्रेसका  नेताले लामो समय देखी धर्ना दिई राखेका छन् ।  गत साउन पहिलो सातादेखि महाधिवेशन प्रतिनिधि चयन निष्पक्ष हुनुपर्ने माग राखेर उनिहरु धर्नामा बसेको पनि ११५ दिन पुरा भएको छ ।

उता सभापति देउवाको गृहजिल्लाका डडेलधुराका सभापति कर्णबहादुर मल्ल पनि  कार्यकर्ता सहित केन्द्रीय कार्यालयमा धर्ना बस्ने तयारीमा हुनुहुन्छ । निरङ्कुश  शैलीमा गुटगत वडा अधिवेशन गराएको आरोप लगाउदै मल्ल सहितका नेता कार्यकर्ताहरु धर्नामा बस्न लागेका हुन् ।