काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक प्रधानमन्त्री एबं पार्टी सभापति शेरबहादुर देउवाको नीजि निबास बुढानिलकण्ठमा बसिरहेकाे छ । कांग्रेस केन्द्रीय कार्यालयमा बैठक बस्ने भनेर सदस्यहरुलाई सुचना पठाईए पनि बैठक बुढानिलकण्ठमा बसेकाे हो ।
संस्थापन खेमाले आफू अनुकुल नभएका जिल्लामा मनोमानी ढंग बाट जिल्ला अधिबेशन गराएको आरोप लगाउदै असन्तुष्ट पक्ष पार्टी कार्यलयमा धर्नामा बसेपछि बैठक सभापतिको नीजि निबासमा बसेको हो ।
महाधिवेशन प्रतिनिधि छनौटमा असन्तुष्टि जनाउदै रौतहटका कांग्रेसका नेताले लामो समय देखी धर्ना दिई राखेका छन् । गत साउन पहिलो सातादेखि महाधिवेशन प्रतिनिधि चयन निष्पक्ष हुनुपर्ने माग राखेर उनिहरु धर्नामा बसेको पनि ११५ दिन पुरा भएको छ ।
उता सभापति देउवाको गृहजिल्लाका डडेलधुराका सभापति कर्णबहादुर मल्ल पनि कार्यकर्ता सहित केन्द्रीय कार्यालयमा धर्ना बस्ने तयारीमा हुनुहुन्छ । निरङ्कुश शैलीमा गुटगत वडा अधिवेशन गराएको आरोप लगाउदै मल्ल सहितका नेता कार्यकर्ताहरु धर्नामा बस्न लागेका हुन् ।