काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डे पक्षले नयाँ पार्टी दर्ता गर्ने प्रक्रिया थालेको छ ।
निर्वाचन आयोगले अध्यक्ष रवीन्द्र मिश्र पक्षको निर्णयलाई आधिकारिता दिएपछि उनी पार्टीभित्र अल्पमतमा परेका छन् ।
जसअनुरुप पाण्डे पक्षले नयाँ दल दर्ता गर्न छलफल थालेको हो ।
नयाँ पार्टी दर्ताका लागि सम्भावित नामहरुबारे पनि छलफल भइरहेको बताइएको छ।
यसैबीच अध्यक्ष मिश्रले आइतबार दिउँसो प्रेस विज्ञप्ति जारी गर्दै सिटिजन्स डिसकसन फोरम र जनता दरबार पार्टीबीच एकता गर्ने निर्णय भएको बताएका छन् ।