२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्रोही न्यायाधीशहरुको बैठकमा एकले अर्कालाई अनैतिक भनेपछि…



अ+ अ-

काठमाडौ । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको राजीनामा माग्दै  ईजलास बहिष्कार गरेर अदालत भित्रै आन्दोलनरत  न्यायाधीशहरुबीच बेमेल बढ्दै गएको छ ।

आइतबार अदालत खुलेपछि तल परिसरमा नेपाल बार एशोसिएसनको प्रदर्शन भै रहेको थियो । प्रधानन्यायाधीश राणाले बेञ्चमा पेशी तोके पनि ईजलास बहिष्कार गरेर बसेका न्यायाधीशहरु  नयाँ रणनीति बनाउन छलफलमा जुटेका थिए । तर छलफल सुरु हुँदा नहुँदै न्यायाधीश आनन्दमोहन भट्टराई तथा न्यायाधीश कुमार रेग्मी र कुमार चुडाल बीच चर्को भनाभन भएको स्रोतले जनायो ।

स्रोतका अनुसार न्यायाधीशहरुबीच आन्तरिक छलफलमा उठेका कुरा न्यायाधीश भट्टराईले सञ्चारमाध्यमलाई उपलब्ध गराएको भन्दै दुई न्यायाधीशले आपत्ति जनाएका थिए । उहाँहरुबीच चर्काचर्की हुँदा अन्य न्यायाधीशले पनि गोपनीयता कायम नभएको भन्दै छलफल गर्न सोच्नु पर्ने बताएका थिए ।

स्रोतले भन्यो, दुई कुमारले न्यायाधीश भट्टराईलाई अनैतिक काम गर्नेसँग के सल्लाह गर्ने भन्दै कडा आक्रोश पोखे । दुई कुमारले भने, "गए जागिर जाने हो तर यस्ता अनौतिकसँग कसरी सहकार्य हुन्छ ?" स्रोतका अनुसार बुधबार सर्वोच्चको पूर्ण बैठक बस्ने तयारी भै रहेको छ । त्यसपछि हाल देखिएको घटनाक्रमले नयाँ नाटकीय मोड पनि लिन सक्छ ।