१५ आश्विन २०८१, मंगलवार
,
Latest
प्रचण्डको सक्रियता : उत्तरदायित्व बोध कि छायाँ सरकारको कसरत ? नौबिसे नागढुङ्गा सडक र पृथ्वीराजमार्ग राति पनि सञ्चालन उद्धार र राहतमा क्रियाशील रहन कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको आग्रह पृतनापति समन्वयात्मक बैठक सम्पन्न वरिष्ठ पत्रकार विजय चालिसेको ‘युगसन्धि’ उपन्यास सार्वजनिक डिसहोमको इन्टरनेट कनेक्सनमा बोनससहितको आकर्षक अफरहरू सार्वजनिक साहसी चाणिकलाललाई केएनपी नेरोलेक पेन्ट्सको सम्मान एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने ढोरपाटनका मेयर नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश राज्य व्यवस्था समितिमा सांसदको प्रश्नः विपद् प्रतिकार्यमा किन कमजोरी भयो ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्रोही न्यायाधीशहरुको बैठकमा एकले अर्कालाई अनैतिक भनेपछि…



अ+ अ-

काठमाडौ । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको राजीनामा माग्दै  ईजलास बहिष्कार गरेर अदालत भित्रै आन्दोलनरत  न्यायाधीशहरुबीच बेमेल बढ्दै गएको छ ।

आइतबार अदालत खुलेपछि तल परिसरमा नेपाल बार एशोसिएसनको प्रदर्शन भै रहेको थियो । प्रधानन्यायाधीश राणाले बेञ्चमा पेशी तोके पनि ईजलास बहिष्कार गरेर बसेका न्यायाधीशहरु  नयाँ रणनीति बनाउन छलफलमा जुटेका थिए । तर छलफल सुरु हुँदा नहुँदै न्यायाधीश आनन्दमोहन भट्टराई तथा न्यायाधीश कुमार रेग्मी र कुमार चुडाल बीच चर्को भनाभन भएको स्रोतले जनायो ।

स्रोतका अनुसार न्यायाधीशहरुबीच आन्तरिक छलफलमा उठेका कुरा न्यायाधीश भट्टराईले सञ्चारमाध्यमलाई उपलब्ध गराएको भन्दै दुई न्यायाधीशले आपत्ति जनाएका थिए । उहाँहरुबीच चर्काचर्की हुँदा अन्य न्यायाधीशले पनि गोपनीयता कायम नभएको भन्दै छलफल गर्न सोच्नु पर्ने बताएका थिए ।

स्रोतले भन्यो, दुई कुमारले न्यायाधीश भट्टराईलाई अनैतिक काम गर्नेसँग के सल्लाह गर्ने भन्दै कडा आक्रोश पोखे । दुई कुमारले भने, "गए जागिर जाने हो तर यस्ता अनौतिकसँग कसरी सहकार्य हुन्छ ?" स्रोतका अनुसार बुधबार सर्वोच्चको पूर्ण बैठक बस्ने तयारी भै रहेको छ । त्यसपछि हाल देखिएको घटनाक्रमले नयाँ नाटकीय मोड पनि लिन सक्छ ।