काठमाडौंः महिला लघुवित्त वित्तीय संस्थाले यसअघि घोषणा गरेको ५० प्रतिशत लाभांश वितरण गर्ने गरी मंसिर २२ गते साधारण सभा बोलाएको छ ।
संस्थाले गत वर्षको नाफाबाट ४७.५५ % बोनस सेयर र कर प्रयोजनको लागि २.५५% नगद लाभांश वितरण गर्ने यसअघि नै घोषणा गरिसकेको छ ।
साधारण सभामा अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि गरी सोही बमोजिम प्रवन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा पनि राखिएको संस्थाले जनाएको छ ।
संस्थाले यही मंसिर १६ गते बुक क्लोज गर्दैछ । यसअनुसार मंसिर १५ गतेसम्म सेयर खरिद गर्ने लगानीकर्ताले कम्पनीले प्रस्ताव गरेको बोनस पाउने छन् ।
नेप्सेमा महिला लघुवित्तको प्रति शेयर कारोबार ५१०० को हाराहारीमा भइरहेको छ ।











