७ मंसिर २०८१, शुक्रबार
,
Latest
कम्बोडिया भ्रमणमा जानुअघि सभामुखले भेटे राष्ट्रपतिलाई ‘बलिदान’ अन्तिम छायाङ्कन तालिकामा, रिलिज मितिबारे के भन्छन् निर्देशक सन्तोष सेन ? निजी क्षेत्रलाई सम्मानपूर्वक काम गर्ने अवसर दिनुपर्छ: अध्यक्ष ढकाल पर्थ टेस्टको पहिलो दिनः भारतले बनायो १५० रन, अष्ट्रेलिया ८३ रनले पछाडि रूसद्वारा सेनाको बदलामा उत्तर कोरियालाई तेल, एन्टी–एयर मिसाइल र आर्थिक सहयोग प्रदानः अधिकारीहरू रविलक्षित प्रधानमन्त्रीको टिप्पणीः ठगी र भ्रष्टाचार सैह्य हुन्न, कारबाही हुन्छ राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता अर्थतन्त्रलाई खलबल्याउन कम्बोडियामा लगानीको अफवाह फैलाइयोः प्रधानमन्त्री ओली विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छः अध्यक्ष दाहाल चीनको भ्रमण घुम्नका लागि होईन : प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजको राशिफलः २०७८ मंसिर २ गते, बिहीबार



अ+ अ-

२०७८ मंसिर २ गते, बिहीवार, १८ नोभेम्बर २०२१। कार्तिक शुक्लपक्ष चतुर्दशी तिथि, ११ः३१ बजेदेखि पूर्णिमा। भरणी नक्षत्र। चन्द्रराशि– मेष।

 

मेषः (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

इच्छाशक्ति बढ्नुका साथै कीर्तिमानी कामको यश लिने अवसर प्राप्त हुनेछ। समय फुर्सदिलो देखिए पनि रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ। पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

दिगो योजनाका लागि धेरै रकम जुटाउनुपर्ला। अवसरका लागि केही दौडधुप गर्नुपर्नेछ। खर्च लागे पनि नयाँ तथा दिगो काममा लगानी बढाउने अवसर प्राप्त हुनेछ। यात्राको प्रक्रिया अघि बढ्न सक्छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

धन आर्जन सामान्य भए पनि विभिन्न स्रोत–साधन जुट्नेछन्। तर सट्टापट्टा, लेनदेन आदिमा पनि थाेरै मात्र लाभ हुनेछ। दिगो योजनाका लागि ऋण लिने समय छ। अवसरका लागि केही दौडधुप गर्नुपर्ला। खर्च लागे पनि लगानी बढाउने अवसर प्राप्त हुनेछ।   

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

कामको राम्रै मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ। अरूको मुख ताक्ने बानीले पछि परिनेछ। साइनो गाँस्नेहरूबाट जोगिएर काम गर्नुहोला। आफ्नो क्षेत्रमा प्रभाव जमाउन सकिनेछ। सामाजिक दायित्व बढ्नेछ।  

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

फाइदा सामान्य भए पनि तारिफयोग्य काम थालनी हुनेछ। धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला। चिताएको काम छिटै सम्पादन हुनेछ। सहयोगीहरूले हिम्मत दिलाउनेछन्। व्यापार–व्यवसाय विस्तार गर्ने समय छ।   

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ। बेसुरको निर्णयले समस्या आउला। अप्रिय समाचारले मन खिन्न बनाउला। अध्ययन र व्यापारमा सोचेको फाइदा नउठ्न सक्छ। केही बाध्यात्मक परिस्थितिमा अलमलिनुपर्ला।   

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

दिन रमाइलाे र उत्साहजनक रहनेछ। प्रियजनसँग भेटघाट वा सम्पर्क हुनेछ। अतिथिको रूपमा सत्कार पाइने ग्रहयोग छ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। आफन्तबाट सहयोग मिल्नेछ। उपहार आदिमा खर्च बढ्न सक्छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

अवसर आए पनि सोचेको नतिजा तत्काल प्राप्त नहुन सक्छ। स्वास्थ्यसम्बन्धी चिन्ताले सताउला। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्। आफ्ना कामबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। सेवामूलक काम सम्पादन गर्न सकिनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

निर्णायक मोडमा दुविधा उत्पन्न हुने समय रहेकाले हतारमा निर्णय नलिनुहोला। अवसरले पछ्याए पनि चुनौतीहरूसँग जुध्नुपर्नेछ। समय लागे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। प्रतिष्ठित व्यक्ति र साथीभाइले साथ दिनेछन्।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

मिहिनेतले नियमित कामबाट फाइदा उठाउन सकिनेछ। तर अनावश्यक हल्लाको पछि लाग्दा व्यर्थैमा दु:ख पाइनेछ। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ला। अरूका लागि उपयोग भइनेछ र बेसुरमा काम गर्ने बानीले अप्ठ्यारो पर्न सक्छ।   

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

परिस्थितिले नयाँ मार्गतर्फ अग्रसर गराउन सक्छ। विविन्न भौतिक सुविधाका वस्तुहरू जुटाउन सकिनेछ। आम्दानीका स्रोत बढ्नेछन् भने दिगो काम प्रारम्भ गर्ने समय छ।