१५ आश्विन २०८१, मंगलवार
,
Latest
नौबिसे नागढुङ्गा सडक र पृथ्वीराजमार्ग राति पनि सञ्चालन उद्धार र राहतमा क्रियाशील रहन कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको आग्रह पृतनापति समन्वयात्मक बैठक सम्पन्न वरिष्ठ पत्रकार विजय चालिसेको ‘युगसन्धि’ उपन्यास सार्वजनिक डिसहोमको इन्टरनेट कनेक्सनमा बोनससहितको आकर्षक अफरहरू सार्वजनिक साहसी चाणिकलाललाई केएनपी नेरोलेक पेन्ट्सको सम्मान एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने ढोरपाटनका मेयर नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश राज्य व्यवस्था समितिमा सांसदको प्रश्नः विपद् प्रतिकार्यमा किन कमजोरी भयो ? सबै प्रदेशमा मुटु रोग उपचार सेवा विस्तार गर्ने गङ्गालाल हृदयरोग केन्द्रको निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानमा पनि विद्युतीय मतदान प्रणालीलाई संसदको अनुमति, विपक्षीको विरोध



अ+ अ-

इस्लामाबादः पाकिस्तानको संसदले आगामी संसदीय निर्वाचनमा विद्युतीय मतदान प्रणालीलाई अपनाउने एउटा विधेयकलाई बुधबार स्वीकृत गरेको छ । तर निर्वाचनमा धाँधली गर्न सरकारले विद्युतीय मतदानको व्यवस्था गर्न लागेको भन्दै विपक्षीहरुले विरोध जनाएका छन् ।

समाचार संस्था रोयटर्सका अनुसार, विपक्षी सांसदहरुले प्रस्तावित कानुनको मस्यौदाका प्रति संसदको हलभित्रै च्यातेर विरोध जनाएका थिए । उनीहरुले संसदभित्र नाराबाजी गर्नुका साथै प्रधानमन्त्री इमरान खानमाथि मत चोरीको आरोप समेत लगाएका थिए ।

संसदको बैठक बहिस्कार गरेर बाहिर निस्केपछि बोल्दै विपक्षी दलका नेता शहबाज शरिफले भने, “हाम्रो संसदीय इतिहासमा आज अँध्यारो दिन हो भन्ने मेरो विश्वास छ । हामी यसको निन्दा गर्दछौं ।”

प्रस्तावित विधेयकका सम्बन्धमा संसदमा मतदान हुँदा पक्षमा २२१ मत परेको थियो भने विपक्षमा २०३ मत खसेको थियो ।

खान सरकारले यो विधेयक पारित गर्न महिनौंदेखि प्रयास गरिरहेको थियो । यो विधेयकले कानुनको स्वरुप लिएपछि विदेशमा रहेका पाकिस्तानी नागरिकले पनि अनलाइन मार्फत् संसदको निर्वाचनमा भाग लिन पाउने छन् ।

यो विधेयक पारित भएसँगै प्रधानमन्त्री इमरान खानले विदेशमा रहेबसेका झण्डै ९० लाख पाकिस्तानीको व्यापक समर्थन प्राप्त गर्ने सम्भावना छ ।

पाकिस्तानमा आगामी सन् २०२३ मा संसदको निर्वाचन हुँदैछ ।

पाकिस्तानमा भएका हरेक निर्वाचनमा एकअर्का दलविरुद्ध धाँधलीको आरोप प्रत्यारोप हुने प्रचलन झैं भइसकेको छ । प्रधानमन्त्री खानले भने विद्युतीय मतदान र गणना विधिले पारदर्शिता सुनिश्चित गर्ने दाबी गर्दै आउनु भएको छ ।

विपक्षी दल र धेरै राजनीतिक विश्लेषकहरुले आगामी निर्वाचनमा खान र उनको दल पराजित हुने अनुमान गरिरहेका छन् ।

खान सरकार अहिले आर्थिक संकट र बढ्दो मुद्रास्फितीसँग जुधिरहेको छ ।

विपक्षीहरुले पाकिस्तानी सेनाको सहयोगमा सन् २०१८ को चुनाव खानले जितेको आरोप लगाइरहेका छन् । तर खान सरकार र सेना दुबैले यस दाबीको खण्डन गरिरहेका छन् ।

विपक्षीहरुले खान सरकारले अघि बढाएको विद्युतीय मतदान कानुनको विरुद्धमा अदालतमा उजूरी गर्ने बताएका छन् ।