काठमाडौंः नेकपा माओवादी केन्द्रले आज देशभर वडा अधिवेशन गर्दैछ ।
माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भर्चुअल माध्यमबाट बिहान ११ बजे वडा अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । सोही क्रममा कास्कीका पाँच पालिकाका ७२ वटै वडामा एकै पटक अधिवेशन हुने भएको छ ।
पार्टीको निर्देशनअनुसार तोकिएको समयमै सबै वडामा अधिवेशन सम्पन्न गर्न आवश्यक तयारी पूरा भएको स्रोतले जनाएको छ । सर्वसहमतिमा नेतृत्व चयन नभएको अवस्थामा निर्वाचन प्रक्रियाबाट निर्वाचन गरिने छ ।
माओवादीले सदस्यता नवीकरण पनि टुंग्याइसकेको छ । माओवादी केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष बिष्णुपुकार श्रेष्ठका अनुसार देशभरि पार्टी सदस्य करिब ८ लाख पुगेका छन् ।