१४ असार २०८३, आईतवार
,
Latest
काँग्रेसले लम्कीचुहा प्रादेशिक अस्पताल बन्न दिएनः रास्वपा सांसद खनाल आर्थिक विधेयकमाथि प्रतिनिधिसभामा छलफल सुरु कर्णाली नदीमा झुलुङ्गे पुल बनेपछि आन्तरिक पर्यटकको घुइँचो सवारी दुर्घटना भएमा राज्यलाई पनि ज्यानमार्ने उद्योगमा मुद्दा चलाउने कानूनी व्यवस्था सरकारले गर्नुपर्दछः ज्ञानबहादुर शाही प्रतिनिधि सभामा महालेखा परीक्षकको ६३ औँ वार्षिक प्रतिवेदन पेश राष्ट्रपतिबाट ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८३’ प्रमाणीकरण सरकार स्मार्ट बनोस् शुभकामना छ तर ओभर स्मार्ट नबनोस्ः सांसद गुरुङ अत्यावश्यक खोपको तत्काल प्रबन्ध गर्न सांसद आचार्यको माग फिफाले एन्फामाथि गरेको निलम्बन फुकुवा गर्न सरकारले तत्काल पहल गर्नुपर्दछः आर्यन राई कैलालीको घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशभर आज माओवादी केन्द्रको वडा अधिवेशन



अ+ अ-

काठमाडौंः नेकपा माओवादी केन्द्रले आज देशभर वडा अधिवेशन गर्दैछ ।

माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भर्चुअल माध्यमबाट  बिहान ११ बजे वडा अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । सोही क्रममा कास्कीका पाँच पालिकाका ७२ वटै वडामा एकै पटक अधिवेशन हुने भएको छ ।

पार्टीको निर्देशनअनुसार तोकिएको समयमै सबै वडामा अधिवेशन सम्पन्न गर्न आवश्यक तयारी पूरा भएको स्रोतले जनाएको छ ।  सर्वसहमतिमा नेतृत्व चयन नभएको अवस्थामा निर्वाचन प्रक्रियाबाट निर्वाचन गरिने छ ।

माओवादीले सदस्यता नवीकरण पनि टुंग्याइसकेको छ ।  माओवादी केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष बिष्णुपुकार श्रेष्ठका अनुसार देशभरि पार्टी सदस्य करिब ८ लाख पुगेका छन् ।