९ भाद्र २०८३, मंगलवार
,
Latest
महिला उद्यमीका कृषि तथा वनजन्य उत्पादनको प्रदर्शनी घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढेको छ : मन्त्री यादव सत्य र तथ्यको आधारमा पत्रकारिता गर्नुपर्छः मुख्यमन्त्री कार्की कर प्रणालीमा सुधारः सात दिनभित्र भ्याट विवरण सच्याउन पाइने, ईटीडीएसमा कडाइ माटो सुधार योजनालाइ प्राथमिकतामा राखेर काम गरिरहेका छौँः कृषिमन्त्री चौधरी आन्तरिक राजश्व विभागद्वारा करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा १५औँ महाधिवेशन रोक्न देउवा समूह सर्वोच्चमा, ११ भदौमा पेसी हर्मुजमा छ महिनामा ६८ समुद्री घटना सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना पुरुष क्रिकेटः मलेसियाले नेपाललाई दियो २३३ रनको लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई महिनादेखि वनमा अलपत्र महिलाको उद्धार



अ+ अ-

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका– ११ कलुवापुरस्थित वसन्त सामुदायिक वन क्षेत्रमा दुई महिनादेखि झोपडी बनाएर बस्दै आएकी उमा चौधरीलाई आज उद्धार गरिएको छ । नगरपालिकाले सञ्चालन गरेको सेफ हाउसले प्रहरीको सहयोगमा अहिले उनलाई  उद्धार गरेर राखिएको छ । राष्ट्रिय समाचार समितिको समाचार बुलेटिनमा ‘दुई महिनादेखि महिला वन क्षेत्रमा अलपत्र’ भन्ने समाचार प्रकाशन भएपछि सेफ हाउसमा आवद्ध महिलाहरुले चौधरीको उद्धार गरेका हुन् । 

सेफ हाउस सञ्चालन समितिका पदाधिकारी पुष्पा केसीले उक्त समाचार पढेपछि मात्रै महिला वन क्षेत्रमा अलपत्र अवस्थामा रहेको जानकारी पाइएको बताउनुभयो ।

“जानकारी पाएपछि उद्धार गरी सेफहाउसमा ल्याएर राखेका छौँ” उहाँले भन्नुभयो, “यहाँबाट अल्पकालीन सेवा मात्रै दिइने भएकाले महिलालाई सुरक्षितरुपमा राख्नका लागि अन्य दातृ निकायले सञ्चालन गरेका सुरक्षित गृहमा पठाउने व्यवस्था मिलाउँदै छौँ ।” उद्धार गरिएकी महिला डिप्रेसनमा रहेकीले मनोविर्मशकोसमेत आवश्यकता रहेको उहाँले बताउनुभयो । 

बेलौरी नगरपालिकाको कुण्डा घर भएकी चौधरीलाई श्रीमान् रामबहादुरले कुटपिट गरी बनमा लगेर अपत्र पारेपछि उनी दुई महिनादेखि वन क्षेत्रमा झोपडी बनाएर बस्दै आएकी र  नजिकैको गाउँबाट खाना मागेर खाँदै आएकी थिइन् । वडाध्यक्ष दिलबहादुर बुढाले एक्लै महिला वन क्षेत्रमा तुसारोसमेत नछेक्ने झोपडीमा बस्ने गरेकोे देखेपछि वन छेउकै मन्दिरमा साधु बस्ने कुटीको बरण्डामा बस्ने व्यवस्था मिलउनुभएको थियो । (रासस)