२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिलो प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता हुने



अ+ अ-

काठमाडौँ । पहिलो प्रधानसेनापति राष्ट्रिय लन टेनिस प्रतियोगिता हुने भएको छ । सोमबार नेपाली सेनाले पत्रकार सम्मेलन गरी पहिलो प्रधानसेनापति राष्ट्रिय लन टेनिस प्रतियोगिता हुने जानकारी गराएको हो । 

प्रतियोगितामा खुलातर्फ महिला र पुरुष गरी ४ प्रतिष्पर्धा हुनेछन् भने भेट्रानतर्फ विभिन्न उमेर समूहमा ७ वटा र एक अन्तर सरकारी प्रतिष्पर्धा हुनेछ । प्रतियोगिता अन्तर्राष्ट्रिय टेनिस संघ र राष्ट्रिय टेनिस संघको नियमअनुसार खेलाइने आयोजकले जनाएको छ । प्रतियोगिताका सबै खेलहरु आर्मी अफिसर्स क्लवको दुई वटा कोर्ट र दशरथ रंगशालामा रहेका दुई कोर्टमा सञ्चालन हुनेछन् । प्रतियोगिताका सम्पूर्ण खेलहरु कोभिड–१९ को जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्यका मापदण्डलाई पूर्ण पालना गरेर खेलाइने नेपाली सेनाले जनाएको छ ।

प्रतियोगितामा सहभागि खेलाडीहरुले कोरोनाबिरुद्धको खोप लगाएको हुनुपर्नेछ । खुलातर्फ विजयी एकल पुरुष र महिलाले  समान ५०-५० हजार रुपैयाँ धनराशीको पुरस्कार पाउनेछन् भने डबल महिला र पुरुषतर्फ ४० हजार रुपैयाँ पुरस्कार राखिएको छ । त्यस्तै भेट्रानतर्फ एकलले ३० हजार रुपैयाँ, डबलले २५ हजार रुपैयाँ र अन्तर सरकारी तर्फको बिजेतालाई २५ हजार रुपैयाँ प्रदान गरिनेछ । प्रतियोगिता आउँदो मंसिर २७ देखि पौष ५ गतेसम्म हुनेछ ।  

तस्वीरहरु: