२ भाद्र २०८३, मंगलवार
,
Latest
विदेशस्थित नेपाली नियोगका भवन निर्माण प्रक्रिया अघि बढाउँदै सरकार नेपाललाई युरोपेली संघको हवाई सुरक्षा सूचीबाट हटाउन सरकार सक्रिय छः पर्यटनमन्त्री पौडेल पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज लघुवित्तपीडितको धर्नास्थल पुल्चोक जाने प्रधानमन्त्री बालेन शाहद्वारा जनकवि दुर्गालाल श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त ३५० को सामान किन्दा १० लाख जित्ने तुल पुडासैनी, १ लाख क-कसले जिते ? विद्युत निर्यात र आन्तरिक वितरण प्रणालीबारे संसदमा मन्त्री श्रेष्ठको प्रष्टीकरणः पूर्वाधार सुधारलाई प्राथमिकता दिने प्रतिवद्धता नेपाली कम्युनिस्ट पार्टी बागमती प्रदेशको एकता बैठक तथा प्रशिक्षण शुरु अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आयल निगमकाे आग्रह औद्योगिक सुरक्षा बल स्थापना गर्ने लक्ष्यसहित सरकारद्वारा ‘निजी लगानी संरक्षण तथा प्रवर्द्धन रणनीति’ कार्यान्वयनमा सत्तारुढ सांसद धितालले भनिन्–‘सरकारलाई ‘नागरिकको सरकार’ भएको अनुभूति गराउ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिड्नीमा एकै हप्ता २ नेपालीको मृत्यु



अ+ अ-

सिड्नी ।अस्ट्रेलियको सिड्नीमा एकै हप्तामा दुई जना नेपाली युवाको मृत्यु भएको छ। अगष्ट ५ सोमबार बेलुका सिड्नीको क्यान्टबोरीमा रहेको घरमा किरण श्रेष्ठको मृत अवस्थामा फेला परेका थिए।

त्यसको २ दिनपछि बुधवार बिशाल थपलियको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो। नेपालमा बसुन्धरा घर भएका श्रेष्ठ क्यान्टवारीमा रहेको उनी बस्दै आएको घरको बैठक कोठामा मृत अवस्थापमा भेटिएका थिए क्यान्टवरी अस्पातालमा भएको पेष्टमार्टम रिपोर्टअनुसार हृदयघातका कारण श्रेष्ठको मृत्यु भएको हो।

विगत चार वर्षदेखि सिड्नीमा बस्दै आएका श्रेष्ठले अकाउन्टिङमा ब्याचलर तहको अध्ययन गरिरहेका थिए। उनका दिदी नितु श्रेष्ठ र भिनाजु सुशिल बजिमय पनि सिड्नीमै बसोवास गर्छन्।

यसैबीच गएको शनिवार बिहान लिडकममा रहेको रुकवड सिमेन्ट्रीमा श्रेष्ठ्रको अन्त्यष्ठी गरिएको छ। उनलाई भिनाजु सुशिल बजिमयले दागबत्ती दिएका थिए। न्यु साउथ वेल्स राज्यका महाबाणिज्यदुत दिपक खड्काका साथै नेपाली समुदायका प्रतिनिधि उपस्थित थिए।

अगस्ट ७ मा मुटुसम्बिन्धी रोगसँग लामो समयदेखि संघर्ष गरिरहेका विशाल थपलियको मुटुको शल्यक्रिया गर्ने क्रममा मृत्यु भएको हो। मृतक थपलियाको मुटुका धमनीहरु सुन्निएकाले अकस्मिक रुपमा शल्यक्रिया गर्न अस्पताल भर्ना गरिएको थियो । उनको शव अन्तिम दाहसंस्कारको लागि आइतवार नेपाल लगिएको छ।




भर्खरै