३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

निखिलले हिन्दी चलचित्रको निर्देश गर्ने



अ+ अ-

नेपाली नायक निखिल उप्रेतीले हिन्दी चलचित्रको निर्देशन गर्ने भएका छन्। उनी आफैं मुख्य भूमिकामा प्रस्तुत हुने एक्सन लभ स्टोरी चलचित्रको नाम ‘कमिटमेन्ट’ जुराइएको छ। चलचित्रको कथा र पटकथा स्वयम् निखिलले लेखेका हुन् भने संवाद नैम र इजाजको छ। भारतीय चलचित्र निर्माण कम्पनी इन्सीपिरेश्नल इनोभेशनको लगानी रहने ‘कमिटमेन्ट’ मा अधिकांश भारतीय कलाकार रहने बताइएको छ। उनी २ वर्षदेखि मुम्बईमै अभ्यस्त थिए।

उक्त चलचित्रले काठमाडौदेखि मुम्बईसम्मको कथा समेट्ने छ। सो चलचित्रमा नायिकाको छनौट हुन बाँकी रहे पनि भारतीय कलाकार राज जुत्सी, आर्यन वैध, यसपाल शर्मा, संजय मिश्र लगायतको अभिनय रहनेछ। जुलाई २ तारिखबाट वीरगञ्जदेखि प्रारम्भ गरिने चलचित्रको छायाङ्कन काठमाडौ, पोखरा, दुबई, बैङ्कक र मुम्बईमा हुनेछ। केही महिना अघि लोकेशन हन्टिङका लागि मुम्बईबाट नेपाल आएका निखिलले चलचित्रलाई नेपालीमा डविङ नगरिने समेत जानकारी दिए। नेपालको प्रोडक्सन कन्ट्रोलर कलाकार अरुण रेग्मीले गर्ने भए पनि अधिकांश प्राविधिक भने भारतीय नै रहने छन्।

चलचित्र कमिटमेन्ट रिलिजको जिम्मा भने रिलायन्स कम्पनीले लिएको छ। चलचित्रको बजेट नौ करोड भारतीय रुपियाँ छुट्याइएको छ। नायिका संचिता लुइँटेलसँग दोस्रो विवाह गरेपश्चात् निखिल बलिउड करिअरको लागि मुम्बई प्रस्थान गरेका थिए। मुम्बई प्रस्थानसँगै निखिलको नेपाली चलचित्र करिअरले लभगभ विश्राम लिएको चर्चा छ।