१९ मंसिर २०८२, शुक्रबार
,
Latest
नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै जेनजी आन्दोलनका सहिदः आमाबुबाको बिलौना–मेरो छोरा अब कहिले फर्कन्छ ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

निखिलले हिन्दी चलचित्रको निर्देश गर्ने



अ+ अ-

नेपाली नायक निखिल उप्रेतीले हिन्दी चलचित्रको निर्देशन गर्ने भएका छन्। उनी आफैं मुख्य भूमिकामा प्रस्तुत हुने एक्सन लभ स्टोरी चलचित्रको नाम ‘कमिटमेन्ट’ जुराइएको छ। चलचित्रको कथा र पटकथा स्वयम् निखिलले लेखेका हुन् भने संवाद नैम र इजाजको छ। भारतीय चलचित्र निर्माण कम्पनी इन्सीपिरेश्नल इनोभेशनको लगानी रहने ‘कमिटमेन्ट’ मा अधिकांश भारतीय कलाकार रहने बताइएको छ। उनी २ वर्षदेखि मुम्बईमै अभ्यस्त थिए।

उक्त चलचित्रले काठमाडौदेखि मुम्बईसम्मको कथा समेट्ने छ। सो चलचित्रमा नायिकाको छनौट हुन बाँकी रहे पनि भारतीय कलाकार राज जुत्सी, आर्यन वैध, यसपाल शर्मा, संजय मिश्र लगायतको अभिनय रहनेछ। जुलाई २ तारिखबाट वीरगञ्जदेखि प्रारम्भ गरिने चलचित्रको छायाङ्कन काठमाडौ, पोखरा, दुबई, बैङ्कक र मुम्बईमा हुनेछ। केही महिना अघि लोकेशन हन्टिङका लागि मुम्बईबाट नेपाल आएका निखिलले चलचित्रलाई नेपालीमा डविङ नगरिने समेत जानकारी दिए। नेपालको प्रोडक्सन कन्ट्रोलर कलाकार अरुण रेग्मीले गर्ने भए पनि अधिकांश प्राविधिक भने भारतीय नै रहने छन्।

चलचित्र कमिटमेन्ट रिलिजको जिम्मा भने रिलायन्स कम्पनीले लिएको छ। चलचित्रको बजेट नौ करोड भारतीय रुपियाँ छुट्याइएको छ। नायिका संचिता लुइँटेलसँग दोस्रो विवाह गरेपश्चात् निखिल बलिउड करिअरको लागि मुम्बई प्रस्थान गरेका थिए। मुम्बई प्रस्थानसँगै निखिलको नेपाली चलचित्र करिअरले लभगभ विश्राम लिएको चर्चा छ।