३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

सलमानको सुनुवाइमा शाहरूखलाई टेन्सन



अ+ अ-

वर्षौंअघिको दुश्मनीको अन्त गर्ने प्रयासस्वरुप एक पार्टीमा हालै मात्र एक अर्काको अँगालोमा बेरिएलगत्तै बलिउड नायक सलमान खान र शाहरूख खानबीचको दोस्ती अब राम्रैसँग जम्लाजस्तो छ।

त्यो कसरी भने सानो ११ वर्षअघि मदिराले लठ्ठ भएर सवारी चलाउँदा अनियन्त्रित भई दुर्घटना हुँदा सडकको फुटपाथमा सुतिरहेका मजदुरको मृत्यु भएपछि अदालतको तारिख बेहोरिरहेका सलमान पछिल्लोपटक अदालतमा हाजिर हुन जाँदा शाहरूख टेन्सनमा देखिए। एजेन्सीका अनुसार सलमान बुधबार मुम्बईको सेशंस अदालतमा हाजिर हुन पुग्दा शाहरूख के हुने भन्ने चिन्ता र तनाबमा थिए। आगामी फिल्म चेन्नाई एक्सप्रेसको निर्मँणमा व्यस्त रहेका शाहरूखले सलमानका बारे पटकपटक आफ्ना सहयोगीहरूसँग सोधखोज गरेको एजेन्सीले जनाएको छ।

सलमानलाई हत्याको मुद्दा चल्ने खबर सुनेपछि शाहरूख चिन्तित भएको समाचारमा जनाएको छ। विपक्षमा पैmसला भए सलमानलाई १० वर्षको जेल सजाय हुन सक्ने कुराले शाहरूलाई चिन्तित बनाएको पनि समाचारमा उल्लेख छ। तर यो सुनुवाइ आगामी अगस्टसम्मका लागि सरेको छ। समाचारमा जनाइएअनुसार सम्बन्धित न्यायाधीशको सरुवा भएपछि सलमानको मुद्दाको सुनुवाइ थप एक महिनाका लागि सरेको हो।
मदिराको नशामा अनियन्त्रित गतिमा सवारी चलाउँदा उनको सवारीको ठक्करबाट फुटपाथमा सुतिरहेका १ मजदुरको घटनास्थलमै मृत्यु भएको थियो भने ४ जना सख्त घाइते भएका थिए।