२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेल्जीयमबाट उपचारकोलागि नगद सहयोग



अ+ अ-

काठमाडौ, ११ भदौ-

ब्लड क्यान्सर पीडित गुल्मी हस्तीचौर ६ का १५ वर्षीय किशोर रमेश घिमिरेको उपचारकोलागि बेल्जीयममा रहेका गैर आवासीय नेपालीहरुले १ लाख रुपैया नगद सहयोग गरेका छन् ।
बेल्जियममा रहेका रामप्रसाद पाण्डे सहितका ६० जना नेपालीहरुको पहलमा संकलित सो रकम उनका भाई तुलसीराम पाण्डेले पत्रकार सम्मेलन गरेर पीडितलाई हस्तान्तरण गरेका छन् ।
कार्यक्रममा क्यान्सरपीडित किशोरका बुबा रामलाल घिमिरेले सहयोगीहरुको सहयोगमा छोराको खर्चिलो रोगको अहिलेसम्म उपचार गरिरहेको भन्दै भावी दिनमा थप उपचारकोलागि समेत सहयोग गर्न आब्हान गरे ।
उनले अहिलेसम्म उपचारको चार साईकल सकिएको र अहिले सुधार हुँदै आएको जानकारी दिदै पाँच वर्षसम्म उपचार गर्नु पर्ने भएकोले सहयोगको अपेक्षा ब्यक्त गरे । उनले आफूहरुलाई अहिलेसम्म सहयोग गर्नेलाई धन्यबाद दिदै सहयोगको लागि राष्ट्रिय बाणिज्य बैंकको खाता नम्बर ११५००३५२४७१० र सम्पर्ककोलागि आफ्नो मोवाईल नम्बर ९८४७३५९५२७ समेत सार्वजनिक गरेका थिए ।