९ भाद्र २०८३, मंगलवार
,
Latest
गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी सुर्तीजन्य पदार्थको लत छाड्दै सेवनकर्ता सीमा सुरक्षामा कुनै कमीकमजोरी हुनुहुँदैन : सशस्त्र महानिरीक्षक पौडेल राष्ट्रपति पौडेलबाट चाँगुनारायणको कलश यात्राको कलशमा छाँया दर्शन पोखरा–दुबई उडान दिगो बनाउन पर्यटन व्यवसायीको अग्रसरता सगरमाथा आरोही सङ्घको अध्यक्षमा पोखरेल निर्वाचित सूचना प्रविधि क्षेत्र लगानी बढाउनुहोस्, सरकार साथमा छ: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले युवाको उत्साह, अनुभव र विधिको शासन विश्वविद्यालयका उपकुलपतिसँग शिक्षा तथा खेलकुद मन्त्रालयको छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

तास्मानियाको फ्रेन्डसिप वालमा नेपाली शिलापत्र (फोटो फिचरसहित)



अ+ अ-

तास्मानिया नोभेम्बर १९ । अष्ट्रेलियाको दक्षिणि राज्य तास्मानियामा बसोबास गरिरहेका आप्रवासी नेपालीहरुले राज्यको विकासमा पुर्याएको योगदानको कदर गर्दै तास्मानिया राज्यको अन्तरार्ष्ट्रिय अन्तराष्ट्रिय मित्रता पर्खालमा’ मा नेपाली शिलापत्र राखिएको छ। नोभेम्बर १८ तारिख आइतवारका दिन हावार्ट शरहमा तास्मानिय राज्यका गभर्नर पिटर अन्डरवड र अष्ट्रेलियका लागि नेपाली राजदुत रुद्रकुमार नेपालले संयुक्त रुपमा उक्त शिलापत्र अनावरण गरेका छन्।

उक्त कार्यक्रमलाई संवोधन गदै गभर्नर अण्डरवडले छोटो समयमा नेपाली समुदाय यहाँको मूल प्रवाहको समुदाय भएको विचार राखेका थिए। अन्तरार्ष्ट्रिय विद्यार्थी र दक्ष जनशक्तिको रुपमा नेपाली समुदायले पहिचान बनाएको धारणा गभर्नर अण्डरवुडको रहेको थियो। यस्तै नेपाली राजदुत रुद्र कुमार नेपालाले नेपाल र अष्ट्रेलियाविचको मित्रततको चर्चा गर्दै सगरमाथा र गौतमबुदको देश नेपाल भ्रमणमा आउन सबैलाई अग्रह गरेका थिए। राजदुत नेपालले शिक्षा स्वास्थ्य र वातावरण जस्ता क्षेत्रमा अष्ट्रेलियाको सहयोग अझै बढ्दै जाने विश्वास ब्यक्त गरेका थिए।

तास्मानियमा केही महिना अघि स्थापना भएको नेपाली सोसाइटी अफ तास्मानियको पहलमा शिलापत्र राखिएको अध्यक्ष सूरज न्यौपानेले जानकारी दिए। तास्मानियाका गर्भनर, प्रिमियरको प्रतिनिधि लिशा सिंह, केन्द्र तथा राज्य सरकारका सांसदहरु, स्थानीय काउन्सिलका मेयरहरु, र न्यु साउथ वेल्स राज्यका महाबाणिज्यदूत दीपक खड्काको उपस्थीतिमा नेपाली शिलापत्र टाँसिएको हो।

नेपालको चन्द्र सूर्य झण्डा अंकित शिला पत्रमा नेपाल र अष्ट्रेलियाबीचको मत्रिता र असल सम्बन्ध प्रतीक उल्लेख गरिएको छ। उक्त कार्यक्रममा समाजको तर्फबाट नेपाली नृत्य पनि प्रस्तुत गरिएको थियो।

तास्मानिया मात्र विश्वको यस्तो पहिलो ठाउँ हो जहाँ आफ्नो राज्यमा आएर बसोबास गरेका विदेशी नागरिकको योगदानलाई सम्मान गर्दै शीलापत्र टाँस्ने गरिन्छ। सन् १९९२ बाट सुरु भएको यो अभियानअन्तर्गत हालसम्म ५६ वटा मुलुकका शीलापत्र टाँसिसकिएको छ।नेपाली शिलापत्र निर्माणका लागि नेपाली सोसाइटी अफ तास्मानियाले सहयोग संकलनसमेत गरेको थियो । हरेक वर्ष बिशेष समारोहको आयोजना गरी नयाँ-नयाँ समुदायको शीलापत्र झुण्डाउने गरिन्छ। तास्मानियामा करिव ८५ भन्दा बढि देशका नागरिक बस्ने गरेको ‘अन्तराष्ट्रिय मित्रता पर्खाल बोर्डले जनाएको छ । दक्ष जनशक्ति र विद्यार्थी गरेर तास्मानियामा करिव दुई सय भन्दा बढी नेपालीको बसोबास रहेको अनुमान गरिन्छ ।