२ भाद्र २०८३, मंगलवार
,
Latest
विदेशस्थित नेपाली नियोगका भवन निर्माण प्रक्रिया अघि बढाउँदै सरकार नेपाललाई युरोपेली संघको हवाई सुरक्षा सूचीबाट हटाउन सरकार सक्रिय छः पर्यटनमन्त्री पौडेल पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज लघुवित्तपीडितको धर्नास्थल पुल्चोक जाने प्रधानमन्त्री बालेन शाहद्वारा जनकवि दुर्गालाल श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त ३५० को सामान किन्दा १० लाख जित्ने तुल पुडासैनी, १ लाख क-कसले जिते ? विद्युत निर्यात र आन्तरिक वितरण प्रणालीबारे संसदमा मन्त्री श्रेष्ठको प्रष्टीकरणः पूर्वाधार सुधारलाई प्राथमिकता दिने प्रतिवद्धता नेपाली कम्युनिस्ट पार्टी बागमती प्रदेशको एकता बैठक तथा प्रशिक्षण शुरु अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आयल निगमकाे आग्रह औद्योगिक सुरक्षा बल स्थापना गर्ने लक्ष्यसहित सरकारद्वारा ‘निजी लगानी संरक्षण तथा प्रवर्द्धन रणनीति’ कार्यान्वयनमा सत्तारुढ सांसद धितालले भनिन्–‘सरकारलाई ‘नागरिकको सरकार’ भएको अनुभूति गराउ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

संबिधान सभाको चुनावका लागि मैनाली नेपाल गए



अ+ अ-

प्रेम लामा ,दोहा ÷ कतार –
नेपाली जनप्रगतिशिल मञ्च कतारले सचिवालय सदस्य दिलीप मैनालीलाई नेपालमा हुनलागेको संबिधान सभाको निर्वाचनमा सहयोग गर्नका लागि नेपाल पठाएको छ । सेप्टेम्वर ५ तारिखमा मुन्तजा पार्कमा एक कार्यक्रमका बिच मञ्चका संरक्षक शनिकुमार ओली, सल्लाहाकार समिति र मञ्चका उच्च पदाधिकारीहरुको उपस्थितिमा सम्मानका साथ बिदाई गरेको थियो । नेपाली युवाहरुको अहम भुमीका नेपालमा रहेको र कतारमा कमाउने पैसा सहायक भएको बताउदै आफ्नो निम्ती पार्टी महान् रहेको मैनालीले बताए । उनले मञ्चले दिएको जिम्मेवारीलाई इमान्दारीतापूर्व निभाउने प्रतिवद्धदा समेत व्यक्त गरेका थिए । मञ्चका संरक्षक शनिकुमार ओलिले कम्युनिष्टहरु अन्तराष्ट्रिय बर्ग भएको र अरु देशको जनताको मुक्तिको निम्ति बर्गीय लडाई लड्नेहरु यतिबेला देश भित्रै हुन लागेको दोस्रो सबिधान सभाको निर्बाचन पनि लडाई नै भएको र सम्पूर्ण श्रमजिबी मजदुर बर्गहरुको निम्ती जिताउनै पर्ने लडाई भएको हुदाँ नेपाल जानसक्ने र मिल्ने सबैलाई अपिल समेत गर्नु भयो । थुप्रै संख्यामा साथीहरु फर्किन उत्सुक रहेको र छुट्टीको निम्ती पहल गर्ने क्रम तिब्र बढीरहेको खबर प्राप्त भएको जनाउदै सल्लाहकार संयोजक होमनाथ शर्माले मञ्चले गरेको निर्णयलाई स्वागत गर्दै दिलिप मैनालिलाई आबश्यक सहयोगको ब्यबस्था गर्ने प्रतिबद्धता जनाउदै सफल यात्राको शुभकामना समेत व्यक्त गरेका थिए ।




भर्खरै