• १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
  •   Unicode
Logo
Latest
★   वन डढेलो र आगलागी नियन्त्रणका लागि सकृय बन्न ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई गृहमन्त्रीको… ★   किसानको पीडा: आगोले गहुँबाली खायो, अब हामीले के खाने ! ★   इलाम २ उपनिर्वाचन: ४८० सेना, सशस्त्र प्रहरी ७१० र १३ सय ६३ जना नेपाल प्रहरी… ★   मेयर बालेनले ल्याए कविता संग्रह ★   ‘ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प’ ★   वेस्ट इन्डिज ‘ए’विरुद्ध खेल्ने नेपाली टोलीमा ४ खेलाडी थप ★   छब्बिस वर्षपछि मानब बेचबिखन मुद्दाका दोषी पक्राउ ★   भ्रष्टाचार अभियोगमा मुद्दा दायर ★   धरौटीमा छुटेलगत्तै दीपेश पुन सीआईबीको नियन्त्रणमा ★   हिमालयन हाइड्रो एक्स्पोमा सार्वजनिक भयो कोमात्सु स्काभेटर

पाँच करोडको सेतो हेरोइनसहित विदेशी पक्राउ



काठमाडौं, २५ भदौ: नेपाललाई ट्रान्जिट बनाएर विदेश लैजान लागिएको पाँच केजीभन्दा धेरै सेतो हेरोइनसहित विदेशी नागरिकहरू पक्राउ परेका छन् । सर्वाधिक महँगो लागुऔषध मानिने सेतो हेरोइनसहित प्रहरीले राजधानीबाट चारजना विदेशीलाई पक्राउ गरेको हो ।

लागुऔषध नियन्त्रण ब्युरो (एनसिबी)ले केही दिनअघि पाँच किलो ६६ ग्राम हेरोइनसहित विदेशीहरूलाई पक्राउ गरेको हो । यसलाई प्रहरीले लागुऔषध कारोबारीविरुद्धको महत्त्वपूर्ण सफलता मानेको छ । यसरी एकैचोटि ठूलो परिमाणमा  सेतो हेरोइन बरामद भएको प्रहरी अधिकारी बताउँछन् ।

सेतो हेरोइन किलोको करिब एक करोड रुपैयाँमा बिक्री हुने गरेको छ । अफिमबाट बन्ने हेरोइन नेपालबाट हङकङ, जापान तथा युरोपियन देशहरूमा पुग्ने गर्दछ । बर्मा, अफगानिस्तान र पाकिस्तानबाट नेपालमा खैरो हेरोइन भित्रने गर्दछ । हेरोइन बरामदबारे बुधबार पत्रकार सम्मेलनमार्फत विस्तृत विवरण सार्वजनिक गरिने एनसिबीका प्रमुख डिआइजी प्रतापसिंह थापाले बताए ।