२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिमको अपराजित यात्रा कायमै, कर्णाली ४५ रनले पराजित



अ+ अ-

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रीमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले लगातार तेस्रो जित निकालेको छ ।

भर्खरै सम्पन्न खेलमा सुदूरपश्चिमले कर्णाली याक्सलाई ४५ रनले हराएको हो । १४० रनको लक्ष्य पछ्याएको कर्णाली १९.२ ओभरमा ९४ रनमा अलआउट भयो ।

उसका लागि पवन सर्राफले २७ रन बनाउँदा मार्क वाटले १७, सोमपाल कामीले १४, अर्जुन घर्ती र गुलशन झाले १३–१३ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

कर्णालीलाई सस्तैमा समेट्न सुदूरपश्चिमका कप्तान दिपेन्द्र सिंह ऐरीले चार, हरमित सिंह र अभिनाश बोहराले दुई–दुई विकेट लिँदा स्कट कुगलाईनले एक सफलता हात पारे ।

त्यसअघि टस हारेर पहिले ब्याटिङमा उत्रिएको कर्णालीले २० ओभरमा ९ विकेटको क्षतिमा १३९ रन बनायो ।

उसका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ३९ रन जोडे । यस्तै, आरिफ शेखले २७, हरमित सिंहले १९, क्रिश लिनले १८, बिनोद बण्डारीले ११ रन बनाए ।

बलिङतर्फ कर्णालीका कप्तान सोमपाल कामीले तीन विकेट लिँदा नन्दन यादवले दुई तथा मार्क वाट, बिपिन शमा र युवराज खत्रीले एक–एक सफलता हात पारे ।

सुदूरपश्चिमले पहिलो खेलमा काठमाण्डु गोर्खाजलाई तथा दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई हराएको थियो ।

कर्णालीले पहिलो खेलमा चितवन राइनोजसँग पराजय ब्यहोरेको थियो भने दोस्रो खेलमा लुम्बिनी लायन्सलाई पराजित गरेको थियो ।