२० मंसिर २०८१, बिहीबार
,
Latest
रवि लामिछानेलाई बिहानै चितवनबाट पोखरा नै लगियो अपाङ्गता भएका व्यक्तिहरुको सन्दर्भमा प्रकाशित समाचारमा ४० प्रतिशतमा शब्दहरु अपाङ्गतामैत्री भएनः सर्वेक्षण रवि लामिछानेलाई चितवनबाट वीरगन्ज लगिँदै नेकपा माओवादी केन्द्रले पूर्वउपराष्ट्रपतिलाई उपाध्यक्ष बनाउने ! प्रधानमन्त्री ओली चीन भ्रमण सकेर आज काठमाडौं फर्किंदै प्रधानमन्त्रीबाट सङ्ग्रहालयको अवलोकन चीन भ्रमणमा ऐतिहासिक महत्त्व राख्ने खालका सम्झौता भएका छन् : प्रधानमन्त्री प्रधानसेनापति सिग्देल भारत भ्रमणमा जानुहुने बीबीसी सय प्रभावशाली महिलाको सूचीमा परेकी सिलसिला को हुन् ? स्टक ब्रोकर एसोसिएसनको नयाँ कार्यसमितिमा ढकाल समूहको उम्मेदवारी घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाँच करोडको सेतो हेरोइनसहित विदेशी पक्राउ



अ+ अ-

काठमाडौं, २५ भदौ: नेपाललाई ट्रान्जिट बनाएर विदेश लैजान लागिएको पाँच केजीभन्दा धेरै सेतो हेरोइनसहित विदेशी नागरिकहरू पक्राउ परेका छन् । सर्वाधिक महँगो लागुऔषध मानिने सेतो हेरोइनसहित प्रहरीले राजधानीबाट चारजना विदेशीलाई पक्राउ गरेको हो ।

लागुऔषध नियन्त्रण ब्युरो (एनसिबी)ले केही दिनअघि पाँच किलो ६६ ग्राम हेरोइनसहित विदेशीहरूलाई पक्राउ गरेको हो । यसलाई प्रहरीले लागुऔषध कारोबारीविरुद्धको महत्त्वपूर्ण सफलता मानेको छ । यसरी एकैचोटि ठूलो परिमाणमा  सेतो हेरोइन बरामद भएको प्रहरी अधिकारी बताउँछन् ।

सेतो हेरोइन किलोको करिब एक करोड रुपैयाँमा बिक्री हुने गरेको छ । अफिमबाट बन्ने हेरोइन नेपालबाट हङकङ, जापान तथा युरोपियन देशहरूमा पुग्ने गर्दछ । बर्मा, अफगानिस्तान र पाकिस्तानबाट नेपालमा खैरो हेरोइन भित्रने गर्दछ । हेरोइन बरामदबारे बुधबार पत्रकार सम्मेलनमार्फत विस्तृत विवरण सार्वजनिक गरिने एनसिबीका प्रमुख डिआइजी प्रतापसिंह थापाले बताए ।