• ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
  •   Unicode
Logo

महतो पनि सुतेको सुतै भए



लंका महरा, जोहोरबारु । टि.एस.के. हार्डवयर कम्पनी तिव्राऊ जोहोरबारुमा कार्यरत राजीवकुमार महतो सुतेको सुतै भएका छन् । गत महिना अगष्ट ३१ तारीख शनिबारका दिन राति खाना खाईवरी सुतेका उनी भोलिपल्ट विहान मृत अवस्थामा फेला परेका थिए । सोपश्चात् उनको शवलाई पोष्टमार्टमको लागि हस्पिटल लगिएको थियो । पोष्टमार्टम रिपोर्टअनुसार हृदयघातका कारण उनको निधन भएको हो । साथै सम्पूर्ण प्रक्रिया पूरा गरी त्यहाँस्थित सक्रिय संस्था साझा चौतारी सहयोगी संस्थाको पहलमा उनको शव नेपाल पठाइसकिएको जानकारीमा आएको छ । धनुषा नगरपालिका १२ हनुमान नगरकटे टोल निवासी महतोको आजभन्दा करिब १० महिनाअघि मात्र मलेसिया आएका थिए । उनको परिवारमा आमा, बुबा, भाइ र दिदी रहेको पारिवारिक स्रोतले जानकारी दिएको छ ।