३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना News Polar सङ्घर्षका सात वर्ष : सूचना र सामाजिक उत्तरदायित्वको प्रतिबद्धता News Polar भक्तपुरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते News Polar आज कागे अष्टमी पर्व मनाइँदै News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नोर्डक्याप यात्रा, उत्तरी नर्वेको आकर्षक गन्तव्य News Polar विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि वातावरण बनाउनुपर्छः मुख्यमन्त्री कार्की News Polar कृषिमन्त्री चौधरीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट News Polar मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा News Polar पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन News Polar बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति News Polar फ्लाइ दुबईले पोखराका लागि दैनिक प्रत्यक्ष उडान सञ्चालन गर्ने घोषणा News Polar धनधान्यकी देवी महालक्ष्मीको आजदेखि १६ दिनसम्म विशेष आराधना सुरु News Polar सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि १४ कार्यक्रम सञ्चालनमा

बेलायत एनआरएन अधिवेशनमा केन्द्रीय नेताहरु सहभागी नहुने

बेलायत एनआरएन अधिवेशनमा केन्द्रीय नेताहरु सहभागी नहुने
अ+ अ-

लन्डन-बेलायत एनआरएनमा देखिएको विवाद मिलाउने सबै प्रयासहरु असफल भएपछि एनआरएनका केन्द्रीय नेताहरु अधिवेशनमा सहभागी नहुने भएका छन् । आइतबार भएको सहमति प्रयास पनि योगेन क्षेत्री समूहले लत्याएपछि केन्द्रीय अध्यक्ष जीवा लामिछाने, प्रमुख संरक्षक देवमान हिराचन, महासचिव तेन्जी शेर्पा, प्रा. सुर्य सुवेदीलगायतका एनआरएनका मुख्य अगुवाहरु अधिवेशनमा सहभागी नहुने भएका हुन् ।

यसअघि आइतबार फानबरोमा भएको बैठकमा बनिसकेको सहमति पनि बेलायतको एनआएनएमा संस्थापनपक्षीय भनिएका अध्यक्षका प्रत्यासी योगेन क्षेत्री सुर्य नेम्वाङलाई कुनै पनि हालतमा उपाध्यक्ष हुन नदिने रबैया अपनाएपछि भाँडिएको बताइएको छ ।

दुई छुट्टा-छुट्टै  अधिवेशन आयोजना गरिएपछि आइतबार राति बेलायतको फानबरोमा विवाद मिलाउनका लागि  प्रा. सुर्य सुवेदीको संयोजकत्वमा बैठक भएको थियो । एनआरएन यूरोप कोर्डिनेटर कुमार पन्त, एनआरएन आइसीसीका उपाध्यक्ष हितमान गुरुङ, एनआरएन युरोपका सह-कोर्डिनेटर लक्ष्य गुरुङ, एनआरएन युकेका अध्यक्ष कुल आचार्य, पूर्व अध्यक्षहरु सुर्य गुरुङ, डम्बर घले, महन्त श्रेष्ठ, आइसीसी सदस्य राजन कडेंल, विश्व आर्दश पण्डित, नागरिक समाज शिवजी श्रेष्ठ, चन्द्र लक्छवाको संयुक्त पहलमा सहमति लागि भएको बैठकमा सबै विषयमा सहमति बनिसकेको थियो । तर, क्षेत्रीले आफूले कुनै पनि हालतमा सुर्य नेम्वाङलाई उपाध्यक्ष नमान्ने अड्डी कसेपछि सहमति तुहिएको बताइएको छ ।

क्षेत्रीले एनआरएन युकेमा सुर्य नेम्वाङलाई निषेध गर्ने राजनीति गरेपछि अन्ततः एनआरएन बेलायत विभाजनको संघारमा पुगेको छ । “अध्यक्षका प्रत्यासी योगेन क्षेत्रीले सबैको इच्छा आकांक्षाअनुसार भइसकेको सहमतिलाई पनि लत्याएर एनआरएन युकेलाई विभाजनतिर धकेलेका छन्,” बैठकमा उपस्थित एक एनआरएन अगुवाले भने, “हिजो लगभग बनिसकेको सहमति पनि उनकै कारण भंग भएको छ ।”

यसअघि एनआरएन युकेका बरिष्ठ उपाध्यक्ष महेन्द्र कडेंल र क्षेत्रीबीच कुन पहिले अध्यक्ष हुने भन्ने विषयमा विवाद थियो । तर, आइतबारको बैठकमा एनआरएनको एकतामा जोड दिदैं कडेंल दोस्रो कार्यकालमा अध्यक्ष बन्न सहमत भएका थिए ।

तर, क्षेत्रीले मागेअनुसार नै उनलाई पहिलो एक वर्षको कार्यकालमा अध्यक्ष दिने सहमति भएपनि उनले नयाँ बखेडा झिकेका थिए । उनले सुर्य नेम्वाङको नाममा बखेडा झिकेर बनिसकेको सहमति पनि लत्याएका थिए । “उनको अभद्र र अपरिपक्व व्यवहारका कारण एनआरएन बेलायतमा विभाजन हुने भएको छ,” बैठकस्रोतले भन्यो, “क्षेत्रीमा अरुलाई पेलेरै लाने खालको षड्यन्त्र देखियो । अध्यक्ष कुल आचार्यले बोकेका क्षेत्रीले प्रवुद्ध व्यक्तिहरुको पहलमा भएको सहमतिको प्रयासलाई पनि अपमान गरी हिडे ।”

स्रोतका अनुसार एनआरएन बेलायतमा भइसकेको सहमति तोडिनुमा क्षेत्री र उनलाई साथ दिने व्यक्तिहरुको दबाब प्रमुख कारण रहेको मानिएको छ । फानबरोमा साँझ ५ बजेदेखि झण्डै ८ घण्टा लामो छलफल भएको थियो । पदहरु बाँडफाँडमा सबै विषयमा सहमति भएपछि अन्तमा क्षेत्री समूहले नेम्वाङलाई एनआरएनमा उपाध्यक्ष नदिने अडानमा आएर सहमति भाडेको थियो ।

यससँगै एनआरएन युके विभाजनको डिलैमा उभिएको छ । आइतबार दुई ठाउँमा छुट्टा-छुट्टै एजीएमहरु हुँदैछन् । “एनआरएनको शक्तिशाली एनसीसी रहेको बेलायतमा विभाजन आएपछि यसले एनआरएनको इतिहासमा ठूलो दुर्घटना निम्त्याउने देखिएको छ  । “यस्तो दुर्घटना हुँदा पनि केन्द्र जिम्मेवार भएको देखिएन । केन्द्रकै लापरवाहीका कारण यस्तो अवस्था आएको छ,” बेलायतका एक एनआरएनले भने, “यसले एनआरएको इतिहासमा राम्रो सन्देश दिदैंन् । यसले विश्वभरको एनआरएनमा विभाजन ल्याउन सक्छ ।”

एनआरएन बेलायतका शुभेच्छुकहरु एनआरएन आइसीसीले यसमा हस्तक्षेप गरेर सबैलाई मिलाएर एनआरएन युकेलाई विभाजनबाट रोक्नुपर्ने पक्षमा देखिएका छन् ।