३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना News Polar सङ्घर्षका सात वर्ष : सूचना र सामाजिक उत्तरदायित्वको प्रतिबद्धता News Polar भक्तपुरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते News Polar आज कागे अष्टमी पर्व मनाइँदै News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नोर्डक्याप यात्रा, उत्तरी नर्वेको आकर्षक गन्तव्य News Polar विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि वातावरण बनाउनुपर्छः मुख्यमन्त्री कार्की News Polar कृषिमन्त्री चौधरीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट News Polar मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा News Polar पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन News Polar बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति News Polar फ्लाइ दुबईले पोखराका लागि दैनिक प्रत्यक्ष उडान सञ्चालन गर्ने घोषणा News Polar धनधान्यकी देवी महालक्ष्मीको आजदेखि १६ दिनसम्म विशेष आराधना सुरु News Polar सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि १४ कार्यक्रम सञ्चालनमा

जर्मनहरुको नेपाल प्रेम

जर्मनहरुको नेपाल प्रेम
अ+ अ-
दामोदरप्रसाद आचार्य –

मेरा एक अनन्य मित्र किरण खड्काजो लामो समय देखि आफ्नो परिवारसहित जर्मनीको नर्डवल्र्डमा बसोवास गर्दै आउनुभएको छ । होनहार १ छोरा जनक खड्का तथा मृदुभाषीसहयोगी र जेहेन्दार दुइ छोरीहरु मोना र अनुता खड्काहरु सहित जर्मनीमा बस्दै आएको यस खड्का परिवारमाथि ०४ मार्च२०१२ का दिन असह्य बज्रपात हुन पुग्यो । १७ जुन १९९० मा दधिकोटमा जन्मिएका जनकले जर्मनीमा नै उच्च शिक्षा हासिल गरि जर्मनी कै एस.सीनर्डवल्र्ड क्लब (SC Nordwalde Club) को फुटबल प्रशिक्षक समेत रहेका उनको ०४ मार्च२०१२ का दिन २१ वर्षको उमेरमा सवारी दुर्घटनाबाट भएको असामयिक मृत्युको खबरले नर्डवल्र्ड मात्रै होइन युरोपको नेपाली समुदाय नै शोकमा स्तब्ध भयो ।

यस दुखद दुर्घटना पछि स्वर्गीय जनकका बाबु किरण खड्का र आमा दुर्गा खड्काले आफ्ना दिवंगत छोराको स्मृतिमा भक्तपुरको दधिकोटस्थित अरनिको उच्च माध्यामिक बिद्यालयमा १२ लाख रुपैयाकोजनक खड्का छात्रबृत्ति कोष” स्थापना गरि दधिकोटसिरुटारबालकोटकटुञ्जे र गुण्डु गाविसका २२ वटा विद्ध्यालयका ४० जना विद्यार्थीलाई छात्रबृत्ति वितरण गरेर समाजको लागि एउटा उदाहरणीय सत्कर्म गर्नुभएको छ । कोषमा रहेको रु१२ लाखको ब्याजबाट प्राप्त हुने रकमबाट २२ वटा विद्यालयका आर्थिक रुपले बिपन्नगरिब तथा जेहेन्दार बिद्यार्थीलाई अध्ययनमा सहयोग पुर्याउने उद्देश्यले कोष स्थापना गरेको साथै उक्त छात्रवृति कोषलाई रु१२ लाखबाट बढाउदै रु२० लाखसम्म पुर्याउने उहाँहरुले इच्छा जाहेर गर्नु भएको छ

मित्रताको गाँठो कसिलो बनाउदै जाने र उहाँहरुको पीडालाई केहि मात्र भए पनि न्यून गर्ने उद्देश्यले बेलाबखत उहाँहरुलाई भेट्ने क्रमको निरन्तरता अनुसारशनिवार२९ जुन २०१३ का दिन म(पंक्तिकारर मेरी श्रीमती शोभा आचार्य रेलद्वारा उहाँहरुलाई भेट गर्न जर्मनीको नर्डवल्र्डतर्फ लाग्यौं । रेलको समयतालिकामा हुन गएको ढिलाईका कारण मुनस्टरको रेल स्टेसनमा हामी अलि ढिला पुग्ने भए पछि मैले मित्र किरण खड्कालाई त्यस अनुरुप जानकारी दीएँ । हामी मुनस्टर स्टेसनमा पुग्दा उहांहरु श्रीमान श्रीमती नै हामीलाई रिसिभ गर्न आउनु भएको रहेछ । त्यहाँबाट उहाँको कारमा बसेर संगै नर्डवल्र्ड पुगियो । त्यो साझ उहाँहरुको छोरीहरुले घरमा तयार गरेका खाना खाएर केहि भलाकुसारी पछि आराम गर्न सुत्ने कोठा तिर लागियो ।

भोलिपल्ट सामुहिक ब्रेकफाष्ट पछि किरणजीउहाँको श्रीमती दुर्गा र हामी दुइ दम्पति कारबाट टेल्गटे मुनस्टरमा भएका दुर्गा खड्काका भाई कृष्णदेव थापाको घरतर्फ जादै गर्दा सडकबाट मेरा दृष्टिहरु एउटा कम्पाउण्डभित्रको सेतो घर र त्यसको बीचमा समानताका साथ् फहराइरहेको नेपालको झण्डा र जर्मनीको झण्डामा पर्न गयो । जब मैले नेपालको झण्डा त्यो अवस्थामा त्यहाँ देखेंमलाई एक किसिमको गर्वको अनुभूति भयो र थप जानकारीको लागि उत्सुकता पैदा भयो । तुरुन्तै किरणजीसंग सोधें । यो के होकम्पाउण्ड भित्र नेपालको झण्डा जर्मनीको झण्डासंगै फहराईरहेको छ नि उहाँले भन्नुभयो– यो नेपाललाई सहयोग गर्ने जर्मनहरुको एउटा संस्था भन्ने सुनेको छुँयस बारेमा मलाई पनि धेरै जानकारी छैन । उहाँको कुरा सुने पछि मैले टेल्गटेबाट फर्कदा हामी यो विषयमा थप जानकारीको लागि त्यस संस्थामा सम्पर्क गर्ने सल्लाह गर्दै अगाडि बढ्यौं ।

त्यसको केहि बेरमा नै हामी टेल्गटेमा पुग्यौं । टेल्गटेको भेटघाट पछि फर्किदै गर्दा मैले किरणजीलाई त्यस कम्पाउण्ड अगाडि कार रोक्न अनुरोध गरें । कम्पाउण्डको गेट खुला नै भएकोले म कारबाट उत्रेर कम्पाउण्ड भित्र प्रवेश गर्दै गर्दा त्यस सेतो भवनबाट एक जना महिला बाहिर निस्केर म तर्फ आउदै गर्दा बीच कम्पाउण्डमा नै उनीसंग मेरो भेट भयो । मैले गुड आफ्टरनुन म्याडम” भन्दै आफ्नो छोटो परिचय दिंदै भनें– म एउटा नेपालीलाई तपाईहरुले आफ्नो देशको राष्ट्रिय झन्डासंग समान ढंगले सम्मान गरेर मेरो देश नेपालको राष्ट्रिय झण्डालाई कम्पाउण्डमा राखेको देखेर गौरवको अनुभूतिले गर्दा तपाईहरुप्रति हृदयदेखि नै श्रद्दा जागेर आएकोले त्यो अभिव्यक्त गर्न तथा तपाईहरुले गर्दै आउनु भएको कार्यहरुको बारेमा थप जानकारी हासिल गर्ने उद्देश्यको लागि गेट खुला नै देखेर म विना अनुमति तपाईहरुको कम्पाउण्ड भित्र प्रवेश गरेको हुँ ।

मेरो कुरा सुने पछि वहाँले आफ्नो परिचय दिंदै मलाई त्यस सेतो भवनको अफिसतर्फ लिएर जानुभयो । फ्रेन्ड्स सर्कलनेपाल नाम गरेको त्यस संस्थाले शिक्षास्वास्थ्य र सुधारिएको चुल्हो निर्माणमा नेपालमा गरिरहेका कार्यहरुको बारेमा वहाँले संक्षिप्त जानकारी दिनुभयो । वहाँबाट पाएको जानकारीले मलाई त्यस विषयमा थप जानकारी लिने इच्छा भएको कुरा राखे पछि वहाँले नेपालमा गरिरहेका कार्यहरुको बारेमा लेखिएका केहि ब्रोस्योअरहरु निकालेर मलाई दिनुभयो । सोहि क्रममा मैले त्यस संस्थाको जिम्मेवार व्यक्ति को हुनुहुन्छ भनेर जिज्ञासा राख्दा वहाँ आफै भएको जानकारी दिनु भए पछि मैले त्यो कम्पाउण्डको फोटो खिच्न सक्छु भनेर अनुमति मागें र वहाँबाट अनुमति पाए पछि फोटो खिचें । त्यसपछि आफ्नो देशलाई जसरि नेपाललाई वहाँहरुले हेर्नु भएको र गर्नु भएका आदर्श परोपकारी सेवाभावको उच्च प्रशंसा गर्दै हार्दिक आभार व्यक्त गरेर संस्थाकी प्रमुख क्लौड़ीआ मारिया सलमोन संग विदा लिएँ ।
फ्रेन्ड्स सर्कलनेपाल नामक जर्मनी संस्थाको बारेमा र यसले हालसम्म नेपालमा कहाँ र कसलाई केकस्ता परोपकारी सहयोग गरेका छन् त्यसउपर मैले यस आलेखमा संक्षेपमा उल्लेख गर्ने जमर्को गरेको छु ।

संस्था प्रमुख सलमोनका अनुसारसंस्थामा ४० जना सदस्यहरु सक्रिय छन् । यो एउटा नाफारहित गैर सरकारी संस्था हो । यस संस्थाका पार्टनरहरुमा जर्मनीका ३ विध्यालयहरु क्रमशदिएतेर फोर्ट गेसमत्सुलेदुस्सेल्दोर्फजोहन कोनरद स्चालान स्चूलेनोर्द्किर्खेन र नेपालको १ ब्राइट फ्युचर स्कुल,नैकाप रहेका छन् । ब्राइट फ्युचर स्कुलनैकापको नयाँ भवन निर्माणमा र फर्निचरहरु समेत उपलब्ध गराउन संस्थाको आर्थिक सहयोग रहेको सलमोनले म समक्ष जनाउनु भयो । संस्थाले सन् २००३ देखि नेपालमा शिक्षा क्षेत्रमा सहयोग सुरु गरेको र वर्तमान अवस्थामा यसले सामाजिक रुपमा पछाडि परेका परिवारहरुका असहाय ३५० बालबालिकाहरुको शिक्षास्वास्थ्य र जीवनयापनको लागि सम्पूर्ण आर्थिक सहयोग गरिरहेको छ । साथै ती असहाय बालबालिकाहरुको सम्पूर्ण परिवारहरुको जीवनयापनमा समेत सहयोग गरिरहेको सलमोनले जानकारी दिनुभयो । वहाँका अनुसार२३ जून,२०१३ मा संस्थाको तर्फबाट आयोजना गरेको समर नेपाल फेस्टिभल” देखि विपन्नवर्गका थप १२ जना असहाय बालबालिकाहरुले पहिलोपल्ट संस्थाबाट सहयोग प्राप्त गरेका छन् ।

संस्थाले सन् २००८ देखि सिन्धुपाल्चोक जिल्लाको कर्थलीमा जिर्ण अवस्थामा भएको विद्यालयलाई पनि पुनर्निर्माण गरि त्यहाँ आवस्यक शौचालयस्नानगृह तथा सम्पूर्ण फर्निचरहरु उपलब्ध गरिदिएर त्यहाँका बिपन्नवर्गका बालबालिकाहरुलाई पढ्ने वातावरण सम्भव बनाउने कार्य गरेको छ । साथै कर्थलीका जनतालाई आपतकालिन सेवाका साथै आवस्यक परेको स्वास्थ्य सेवामा पनि सहयोग पुर्याउदै आएको छ । कर्थलीका जनताको स्वास्थ्यलाई ध्यानमा राखेर संस्थाले धुवारहित सुधारिएको चुल्हो निर्माणमा पनि सहयोग गरिरहेको छ । 

यसले सन् २००८ देखि काठमाडौँको नैकापमा पढ्ने अवसरबाट पछाडि परेका वयस्क महिलाहरुको लागि प्रारम्भिक शिक्षा दिलाउने उद्देश्यले ४ वटा कक्षाको एउटा महिला विद्यालय संचालन गरेको छ । त्यस विद्यालयमा ४ महिला शिक्षिकाहरु अध्यापनमा संलग्न छन् । त्यहाँ ८० जना नेपाली महिलाहरु नेपालीअंग्रेजीअंकगणित तथा सामाजिक शास्त्र अध्ययन गरिरहेका छन् ।

अन्तमायस आलेखमा उल्लेख गरिए अनुसार फ्रेन्ड्स सर्कल नेपालले नेपाल र नेपालीप्रति यति धेरै परोपकारी सेवासद्भाव र सामिप्यता प्रस्तुत गरेकोप्रति हामी नेपाली हृदयदेखि नै आभारी त छदैछौं अपितु उहाँहरुले गरेको देखेर हामी स्वदेशमा रहेका तथा विश्वभरि फैलिएर रहेका नेपालीहरुलाई आफ्नो देशको लागि अझै माथि उठेर धेरै गर्नु पर्ने जिम्मेवारी बोध गराएको छ । 

१२ सेप्टेम्वर २०१३

लुभेनबेल्जियम